६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

महिला पर्यटन व्यवसायी मञ्चमा पाण्डे

महिला पर्यटन व्यवसायी मञ्चमा पाण्डे
अ+ अ-

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाले  पार्वती पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचत गरेको छ । 

मञ्चको उपाध्यक्षमा उमा रेग्मी भण्डारी, सचिव ममता न्यौपाने, सहसचिव शर्मिला न्यौपाने, कोषाध्यक्ष लक्ष्मी लामिछाने र सहकोषाध्यक्षमा शारदा भुजेल हुनुहुन्छ । 

यसैगरी सदस्यमा गोमादेवी अधिकारी, मञ्जु सुवेदी, कान्ति अधिकारी, माया सुवेदी, रीता रेग्मी पौडेल, भावना रानाभाट र लालुमाया भण्डारी, मिठुदेवी लामिछने, सुशीला सिग्देल, सुन्ति पुर्जा र सुशीला भण्डारी हुनुहुन्छ । 

सो अवसरमा नवनिर्वाचित अध्यक्ष पाण्डेले पोखराको पर्यटन प्रवद्र्धनमा महिला व्यवसायीको भूमिकालाई सशक्त बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गनुभयो । 

अधिवेशनको उद्घाटनसत्रमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पर्यटनको विकासमा महिलाको प्रत्यक्ष र अप्रत्यक्षरुपमा महत्वपूर्ण योगदान रहेको बताउँदै पछिल्लो समय सङ्गठित भएर यस क्षेत्रको विकासमा लागेका व्यवसायी महिलालाई थप अवसर प्रदान गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । 

अहिले कोभिड– १९ का कारण पर्यटन क्षेत्रमा रु १९२ अर्बको प्रत्यक्ष लगानी र रु ५०० अर्ब निजी क्षेत्रकोे लगानी जोखिममा रहेको उहाँले जानकारी दिनुभयो । 

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक सशक्तीकरणले महिलालाई आत्मविश्वासी बनाउने उल्लेख गर्दै सामाजिक रुपान्तरणका लागि महिलाले आफ्नो भूमिकाको खोजी गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।  

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रको विकासमा सबैको साथ र सहयोग अपरिहार्य भएको उल्लेख गर्दै उहाँले सरकारले व्यवसाय सञ्चालन कोर्ष भनेर ५० अर्ब छुट्याए पनि व्यवसायीले उक्त सुविधा लिन नपाएको गुनासो गर्नुभयो । 

आन्तरिक पर्यटन पुनरुत्थान समितिका संयोजक अग्नि कँडेलले सुस्ताएको पर्यटनलाई गति दिन आन्तरिक पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो । 

कार्यक्रममा समाचारका माध्यमबाट पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएवापत राससका समाचारदाता जमुना वर्षा शर्मालाई नगद रु १० हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

त्यसैगरी संस्थागत विकासमा योगदान पु¥याएको भन्दै मञ्चका सल्लाहकार देवका पहारी र पम्फा पहारीलाई सम्मान गरिएको थियो । 

मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुलीले पर्यटन व्यवसायमा क्रियाशील महिला सङ्गठित भएपछि उनीहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि मञ्चले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो । मञ्चमा अहिले २०० महिला पर्यटन व्यवसायी आवद्ध छन् ।-रासस