७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजी भर्सेस नेपालः नेपाललाई दोस्रो सफलता



अ+ अ-

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा एकदिवसीय सिरिज अन्तर्गत नेपाल र पपुवा न्युगिनी(पीएनजी)बीचको खेल जारी छ । 

यूएईको सारजाहमा पीएनजीविरुद्ध नेपालले बलिङ गरिरहेको छ । 

नेपालका लागि कप्तान सन्दीप लामिछानेले नेपाललाई दोस्रो विकेट दिलाएका छन् । सन्दीपले लेगा सियकालाई २५ रनमा बोल्ड गरे । यसअघि नेपालका आरिफ शेखले पीएनजीका टोनी उरालाई २७ रनमा आउट गर्दै पहिलो विकेट दिलाएका थिए ।
 
सारजाहमा जारी खेलमा यो समाचार तयार पार्दासम्म पीएनजीले २३.५ ओभरमा २ विकेटको क्षतिमा ८९ रन जोडेको छ । 

नेपालले करिब ६ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । लिग टु मा नेपाल ८ खेलमा ८ अंक सहित छैटौं स्थानमा रहेको छ । अंक विहीन पीएनजी १३ खेल खेल्दै पुछारमा रहेको छ । लिग टु अन्तर्गत ७ टिमको सहभागिता रहेको छ ।