१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजी भर्सेस नेपालः नेपाललाई दोस्रो सफलता



अ+ अ-

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा एकदिवसीय सिरिज अन्तर्गत नेपाल र पपुवा न्युगिनी(पीएनजी)बीचको खेल जारी छ । 

यूएईको सारजाहमा पीएनजीविरुद्ध नेपालले बलिङ गरिरहेको छ । 

नेपालका लागि कप्तान सन्दीप लामिछानेले नेपाललाई दोस्रो विकेट दिलाएका छन् । सन्दीपले लेगा सियकालाई २५ रनमा बोल्ड गरे । यसअघि नेपालका आरिफ शेखले पीएनजीका टोनी उरालाई २७ रनमा आउट गर्दै पहिलो विकेट दिलाएका थिए ।
 
सारजाहमा जारी खेलमा यो समाचार तयार पार्दासम्म पीएनजीले २३.५ ओभरमा २ विकेटको क्षतिमा ८९ रन जोडेको छ । 

नेपालले करिब ६ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । लिग टु मा नेपाल ८ खेलमा ८ अंक सहित छैटौं स्थानमा रहेको छ । अंक विहीन पीएनजी १३ खेल खेल्दै पुछारमा रहेको छ । लिग टु अन्तर्गत ७ टिमको सहभागिता रहेको छ ।