६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

थन्किएको सवारीसाधन परीक्षण गर्ने उपकरण प्रयोगमा ल्याइँदै

थन्किएको सवारीसाधन परीक्षण गर्ने उपकरण प्रयोगमा ल्याइँदै
अ+ अ-

काठमाडौं । नेपालमा अहिलेसम्म सवारीसाधनको जाँच मानिसले (म्यानुअल)गर्दै आएकामा अब उपकरणका माध्यमबाट गरिने भएको छ । टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरले झण्डै एक दशक पहिले जडान गरेको उपकरण प्रयोगमा ल्याएर परीक्षण गर्न लागेको हो । 

सरकारले सो उपकरण झण्डै रु तीन करोडमा खरिद गरेको थियो । उपकरण प्रयोगमा आउन नसक्दा थन्किएको थियो भने सवारीसाधनको हेरेर मात्रै परीक्षण हुँदै आएको केन्द्रका प्रमुख मणिराम भुसालले बताउनुभयो । उहाँकाअनुसार उपकरण प्रयोगमा ल्याउनका लागि केही समय पहिले निर्माण कम्पनीसँग छलफल गरिएको थियो । 

निर्माण कम्पनीका प्रतिनिधि केही महिना पहिले बोलाइएको सेन्टरका प्रमुख भुसालले बताउनुभयो । उहाँका अनुसार चिनियाँ निर्माण कम्पनीका मुख्य इञ्जिनीयरलगायतको टोलीले उपकरणको अवस्था हेरेर मर्मत गर्न सकिने सल्लाह दिएको थियो । “टोङ्ली इक्युपमेन्ट प्रालिका प्राविधिकले सेन्सरलगायतका कतिपय मेकानिकल सामान फेर्नुपर्छ भनेको थियो”, उहाँले भन्नुभयो, “काम लाग्ने सामान राखेर काम नगर्ने साना भाग फेरेर सञ्चालनमा ल्याइनेछ ।”

निर्माण कम्पनीकै सल्लाहअनुसार मर्मतका लागि ठेक्का सम्झौता गरिएको उहाँले बताउनुभयो । “सेन्टरले आगामी दुई तीन महिनामा चलाउने योजनाका साथ काम अघि बढाएको छ, सो मर्मतका लागि रु ४८ लाखमा ठेक्का सम्झौता भएको छ”, उहाँले भन्नुभयो । स्थानीय निर्माण कम्पनीले निर्माण कम्पनीसँगको समन्वयमा काम गर्ने उहाँले जानकारी दिनुभयो । भुसालले भन्नुभयो, “निर्माण कम्पनीले साना–साना काम गर्दैन, त्यसैले नेपाली कम्पनीले सामान्य मर्मत गर्छ भने मुख्य काम निर्माण कम्पनीले गर्नेछ ।”

उपकरणबाटै सवारीसाधनको स्वस्थता परीक्षणका लागि सरकारले आव २०६६/६७ को बजेटमा गरेको व्यवस्थानुसार विसं २०६८ मा सवारीसाधनको अवस्था परीक्षण गर्ने उपकरण खरिद गरेको थियो । सेन्टरमा ठूला र साना सवारी साधनका लागि छुट्टाछुट्टै लेन रहेका छन् । कुनै पनि सवारीसाधन लेनमा प्रवेश गरेपछि त्यसको कुन–कुन भागको अवस्था कस्तो छ भनी कम्प्युटरमा नै देखिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मर्मतपछि दुवै लेन सञ्चालनमा आउने छन् ।”

प्रमुख भुसालका अनुसार उपकरण जडान भएर लामो समयसम्म थन्किएकाले विभिन्न पार्ट र कम्प्युटरमा समस्या आएको छ । उपकरण निर्माण गर्ने कम्पनीलाई खरीद गर्ने ठेकेदार कम्पनीले पूरै रकम नदिएकाले हस्तान्तरण नै भएको नभएको बताइएको छ । त्यतिबेला फिनिसिङको काम र सफ्टवेयरको काम नगरी निर्माण कम्पनीले छाडेको सेन्टरले जनाएको छ । 

मान्छेले हेरेर गरिने परीक्षण भरपर्दो नहुने भएकाले वैज्ञानिक रूपमा परीक्षण गर्न उपकरण प्रयोगमा ल्याउन खोजिएको सेन्टरका प्रमुख भुसालले बताउनुभयो । सवारीसाधनको छ÷छ महिनामा जाँचपास हुने गरे पनि अहिलेसम्म परीक्षण झारो टार्ने किसिमको मात्रै रहेको छ । आँखाले हेरेर जाँच गरिँदा सवारीसाधनको वास्तविक अवस्था जानकारी नहुने प्रमुख भुषालको भनाइ छ । 

सो उपकरण सञ्चालनमा आएपछि साना र ठूला दुवै खालका सवारीसाधन आ–आफ्नो लेनमा एउटाबाट छिरेर अर्को दिशाबाट निस्कँदा कम्प्युटरमा नै कुनकुन भागको अवस्था कस्तो छ भनी जानकारी पाइनेछ । सवारीसाधन पास भए उसले प्रमाणपत्र पाउने र फेल भएमा पुनःमर्मत गरेर ल्याएर अवस्था ठिक भएपछि मात्रै प्रमाणपत्र पाउने सेन्टरले जनाएको छ । 

सो उपकरण प्रयोगमा आएपछि ब्रेक रोलर, सस्पेन्सन, साइट क्लिक, हर्न, लाइटलगायतका कुरा परीक्षण हुनेछ । अगाडि र पछाडिको पाङ्ग्रामा कति भार हुनुपर्ने, सवारीको क्षमतानुसार भार बोक्दा ब्रेकले काम गर्छ वा गर्दैन, प्राविधिक जाँच, सस्पेन्सन (पाङ्ग्राको साइड स्लिप), हर्नको अवस्था, हेडलाइटलगायतको समेत यसमा परीक्षण हुनेछ । हलुका सवारीलाई उचालेर माथिल्लो भागमा पु¥याएर र गह्रौँ सवारीसाधन भइरहेकै स्थानमा तल्लोतलामा प्राविधिक गएर च्यासिसलगायतका भाग हेर्ने गर्छन् । 

संविधानले यातायात व्यवस्थापनको जिम्मेवारी स्थानीय तह, प्रदेश र सङ्घीय सरकार गरी तीनै तहलाई दिएको छ । पालिकाभित्र चल्ने सवारीसाधन व्यवस्थापनको जिम्मेवारी सम्बन्धित पालिका, अन्तरपालिका चल्ने सवारीसाधनको प्रदेश सरकार र अन्तरप्रदेश चल्ने सवारीसाधन व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हो । सेन्टरलाई अन्तरप्रदेश चल्ने गाडीको जाँचपास, स्तर कायम, प्रदूषण जाँच र रुट अनुमतिसमेतको जिम्मेवारी दिइएको छ । -सञ्चिता घिमिरे/रासस