६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

डब्लुएचओका विज्ञलाई अन्ततः चीनले दियो अनुमति

डब्लुएचओका विज्ञलाई अन्ततः चीनले दियो अनुमति
अ+ अ-

बेइजिङः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का दश जना वैज्ञानिकहरु कोभिड–१९ को उत्पत्तिका बारेमा अनुसन्धान गर्न बिहीबार चीन आइपुग्ने भएका छन् ।

चीनले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय अनुसन्धान रोक्न खोजेको आरोप लागिरहेका बेला कोरोना महामारी फैलिएको एक वर्षपछि डब्लुएचओका वैज्ञानिकलाई चीन भ्रमणको अनुमति दिएको हो ।

कोरोनाभाइरसको संक्रमणबाट विश्वलाई नै अत्याइरहेको अवस्थामा यसको अनुसन्धानका लागि चीनको अनुमतिको ठूलो राजनीतिक महत्व रहेको छ । कोभिड–१९ बाट हालसम्म २० लाखको हाराहारीका व्यक्तिको मृत्यु भइसकेको छ भने विश्व अर्थतन्त्रलाई तहसनहस बनाएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्तिमा डब्लुएचओको टोलीले चिनियाँ वैज्ञानिकहरुसँग मिलेर कोभिड–१९ को उत्पत्तिका बारेमा संयुक्त अनुसन्धान गर्ने जनाइएको छ ।

यसै महिनाको शुरुमा पनि यस मिसनका बारेमा चीन र डब्लुएचओबीच असमझदारी उत्पन्न भएको थियो ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले चीनले आफ्ना वैज्ञानिक टोलीको प्रवेशमा अबरोध गरेकामा आपत्ति जनाउनु भएको थियो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चनयिङले आफूहरुलाई डब्लुएचओको टोलीको भ्रमणप्रति कुनै आपत्ति नरहेको जनाउँदै पछिल्लो समय उत्पन्न गतिरोध “असमझदारी”का कारण मात्र भएको स्पष्ट गर्नु भएको छ ।

डब्लुएचओका विज्ञहरुले चीनमा दुई साता क्वारेन्टिनमा बस्नु पर्नेछ । उनीहरुले सन् २०१९ को अन्त्यतिर पहिलो पटक कोभिड–१९ देखिएको उहान शहरको पनि भ्रमण गर्नेछन् ।

संयुक्तराज्य अमेरिका र अस्ट्रेलियाले भाइरसको उत्पत्तिका बारेमा स्वतन्त्र अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् ।

बेइजिङमाथि पारदर्शिताको प्रश्न उठाएर अन्तर्राष्ट्रिय स्तरबाटै आलोचना भइरहेको छ, तर देशभित्र कोरोनाभाइरसको संक्रमण रोक्न चीन सरकारले आफूले गरेको प्रयत्नको प्रशंसा गरेको छ ।

एएफपी