• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

टी–२० विश्वकपको लागि अमेरिकाले बनायो मोड्युलर स्टेडियम, अष्ट्रेलियाबाट मगाईयो पिच



एजेन्सी । अमेरिका र वेस्ट इन्डिजमा जुन २ बाट टी–२० विश्वकप सुरु हुँदैछ । विश्वकपका खेलहरू वेस्ट इन्डिजका ६ र अमेरिकाका तीनवटा स्टेडियममा खेलाइने भएको छ । आगामी विश्वकपका लागि तयार पारिएको अमेरिकाको तीनमध्ये एउटा स्टेडियमको चर्चा यतिबेला निकै चुलिएको छ । त्यो हो न्युयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा ।

नासाउ काउन्टी अस्थायी स्टेडियम हो, जुन करिब २५० करोडको लागतमा बनाइएको छ । गत मे २१ मा उसैन बोल्टले यसको उद्घाटन गरेका थिए । यसमा अष्ट्रेलियामा बनेको पिचको प्रयोग गरिएको छ । साथै दर्शकहरु बस्नका लागि फर्मुला–१ स्ट्याण्ड समेत राखिएको छ । भारत र पाकिस्तानबीचको खेलसँगै यहाँ विश्वकपका कुल ८ वटा खेल हुनेछन् ।

नासाउ काउन्टी स्टेडियम पहिलो मोड्युलर क्रिकेट स्टेडियम हो। विश्वकप सकिए लगत्तै यो स्टेडियमलाई पुन: पार्कमा परिणत गरिने छ । यो स्टेडियम तयार पार्न स्टिल र सजिलै हटाउन सकिने धातुहरूको प्रयोग गरिएको छ । यो स्टेडियममा फुटबल र बेसबल स्टेडियममा प्रयोग गरिने बरमुडा घास पनि लगाइएको छ ।

टी–२० विश्वकपका लागि ६ महिनाभित्र न्यु योर्कमा नयाँ स्टेडियम बनाउनु पर्ने बाध्यता थियो । समयको अभाव र वातावरणीय दिगोपन हेरेर कम्पनिले मोडुलर रंगशालाको विकल्प रोजेको थियो। विश्वकप सकिएपछि यो स्टेडियमलाई पहिलेकै अवस्थामा ल्याएर स्थानीय समुदायलाई हस्तान्तरण गरिने बताइएको छ ।

न्यूयोर्कस्थित यो स्टेडियममा ३४ हजार दर्शकको क्षमता रहेको छ । स्टेडियममा सामान्य स्ट्यान्डबाहेक भिआईपी लाउन्ज र प्रेस बक्स पनि तयार पारिएको छ ।

नासाउ स्टेडियममा ड्रप-इन पिचको प्रयोग

नासाउको मोड्युलर स्टेडियममा ड्रप-इन पिच प्रयोग गरिएको छ। यो स्टेडियमका लागि १० वटा पिच अस्ट्रेलियाको एडिलेड सहरमा तयार पारिएको थियो । करिब ३० टन भारी ती पिच गत डिसेम्बरमा पानी जहाजमार्फत अमेरिकाको फ्लोरिडा ल्याइएको थियो । फ्लोरिडामा ५ महिनाको लागि पिच तयार गरी मेमा नासाउ स्टेडियममा फिट गरिएको थियो।

फ्लोरिडाबाट न्यूयोर्कसम्म सडकबाट १० पिचहरू ढुवानी गर्न करिब ४ दिन लागेको थियो। यसका लागि ३० टनभन्दा बढी सामान बोक्ने ट्रक र कन्टेनरको प्रयोग गरिएको थियो । यस अवधिमा सर्वसाधारणका लागि सडक प्रयोगमा रोेकिएको थियो ।

ड्रप-इन पिच किन बनाईयो?

बोर्डले टी–२० विश्वकपका लागि रंगशाला र पिच तयार गर्न निकै कम समय पाएको छ । त्यसैले ड्रप-इन पिच अष्ट्रेलियामा बनाइयो र अमेरिकामा डेलिभर गरियो। यो पिच एडिलेड ओभल टर्फ सोलुसन कम्पनीले अमेरिकाको ल्यान्डटेक कम्पनीसँगको सहकार्यमा निर्माण गरेको हो । परियोजनाको नेतृत्व एडिलेड स्टेडियमका हेड पिच क्युरेटर डेमियन होगले गरेका थिए।

आईसीसी इभेन्ट हेड क्रिस टेटलीले न्युयोर्कको मौसम पिच तयार राख्नका लागि उपयुक्त नभएकाले न्युयोर्कको सट्टा फ्लोरिडामा ५ महिना पिच राखिएको जानकारी दिए ।

यसअघि नि गरिएको थियो ड्रप-इन पिचको प्रयोग

यसअघि पनि टी-२० विश्वकपमा ड्रप-इन पिच प्रयोग गरिएको थियो ।अष्ट्रेलियाको एडिलेड ओभल मैदानको पिचपनि ड्रप-इन पिच हो । २०१३ देखि प्रयोगमा ल्याईएको यस पिचमा २०२२ को टी-२० विश्वकप खेलाइएको थियो।

न्यूजिल्याण्डको इडेन पार्क स्टेडियममा पनि ड्रप-इन पिचको प्रयोग गरिएको छ । २०१५को ओडिआई विश्वकप खेलहरू यहाँ आयोजित भएका थिए।