६ असार २०८३, शनिबार
,
Latest
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाको भुटानी शरणार्थी शिविरमा आगलागी, एकको मृत्यु



अ+ अ-

दमक । झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ । आगलागीमा परि एकको मृत्यु समेत भएको छ । मृत्यु हुनेमा दमक–३ का ६० वर्षीय देशमान राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो । जिप्रका झापाका अनुसार आगलागीबाट तीन लाख बराबरको सुनचाँदी, आठ लाख बराबरको खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीको कारण अझै खुलेको छैन ।

मृतक राई प्यारालाइसिसका बिरामी थिए । उनी बाँसले बारेको एक तले घरमा सुतिरहेका थिए । उनको घरमा सोमबार बेलुका करिब साढे ७ बजे एक्कासी आगलागी भएको थियो । 

दमक नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी मिलेर आगो निभाएका थिए ।