२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिलिपी अधिकार उल्लंघनको आरोपमा बिन्दवासिनी म्युजिककी अध्यक्ष रेग्मी पक्राउ



अ+ अ-

काठमाडौं । बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा पक्राउ परेकी छन्। उनलाई सोमबार महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले जानकारी दिए।

गायक प्रमोद खरेललगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा उनीविरुद्ध जाहेरी दिएपछि सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो।

'कलाकारहरूले कपीराइट सम्बन्धमा जाहेरी दिनुभएको थियो। त्यसैआधारमा हामीले पक्राउ अनुमति लिएर ल्याएका हौं,' उनले भने। यस उपर थप अनुसन्धान भईरहेको छ ।