१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै याममा तीन पटक सगरमाथा आरोहण गरेकी पूर्णिमालाई काठमाडौँमा स्वागत



Photo:RSS
अ+ अ-

काठमाडौँ । एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न सफल पर्वतारोही तथा सञ्चारकर्मी पूर्णिमा श्रेष्ठलाई काठमाडौँमा स्वागत गरिएको छ ।

सोमबार लुक्लाबाट काठमाडौँ आएकी कीर्तिमानी श्रेष्ठलाई  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा  स्वागत तथा बधाईज्ञापन गरिएको हो ।

पूर्णिमाले यो सिजनमा तीन पटक र सन् २०१८ मा एक पटक गरी चार पटक सगरमाथाको आरोहण गरेकी छिन् । यो याममा उनले मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक र मे २५ शनिबार बिहान तेस्रो पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर कीर्तिमान बनाएकी हुन् ।

विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी पूर्णिमाले गत वर्ष पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन् ।