८ मंसिर २०८१, शनिबार
,
Latest
गौतम बुद्ध विमानस्थलको दिगो सञ्चालन आवश्यक छः अध्यक्ष ढकाल कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते चार महिनामा साढे चार खर्ब व्यापार घाटा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ जना बिरामीको घुँडाको शल्यक्रिया ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि… अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल ‘घुस आरोपले भारतीय धनाड्य अडानी समूहलाई धक्का’ धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा आँधीका कारण १८ को मृत्यु: लाखौँ प्रभावित



अ+ अ-

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रमा घातक आँधीका कारण चार बालबालिकासहित १८ जनाको मृत्यु भएको र लाखाँैले गम्भीर मौसमको खतराको सामना गर्नुपरेको सिएनएनले जनाएको छ ।

मुख्यतया मध्य–मिसिसिपी, ओहायो र टेनेसी उपत्यकाजस्ता अमेरिकाको फराकिलो क्षेत्रहरूमा आइतबार करिब १० करोड ९० लाखभन्दा बढी व्यक्ति असिना, दूषित र तेजयुक्त हावा र भयानक आँधीको खतराको सामना गर्नु परेको थियो ।

आँधी पूर्वानुमान केन्द्रले आँधीबेहरी पूर्वतिर सर्दै जाँदा खराब मौसमी प्रभावले व्यापक क्षति पुर्‍्याउने चेतावनी दिएको छ ।

केन्द्रले अर्कान्सास, इलिनोइस, केन्टकी, मिसौरी र टेनेसीका भागहरू समेट्छ । सेन्ट लुइस र जेफरसन सिटी, मिसौरी, पादुका, केन्टकी, कार्बोन्डेल, इलिनोइसका चार लाख ७० हजार मानिसलाई प्रभावित गर्ने जनाएको छ ।

आइतवार, कम्तिमा ११ वटा आँधीबेहरी आएको बताइएको छ भने ‘मेमोरियल डे’मा मौसम अझ गम्भीर हुने अनुमान गरिएको छ ।

सोमबार १२ करोडभन्दा बढी मानिसहरू गम्भीर मौसमको जोखिमबीच न्यू इङ्गल्यान्डको दक्षिणको पूर्वी तटमा केन्द्रित छन् ।

यसबाहेक, आइतवार इन्डियाना, इलिनोइस र केन्टकी हुँदै आएको आँधीबेहरीले पूर्वतिर सर्दै निरन्तर खतरा उत्पन्न गरिरहेको छ । रासस