२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको तयारी रोक्न नेपाल–दाहालको माग, “कानून अनुसार रोक्न मिल्दैन” आयोग



अ+ अ-

काठमाडौ ।  कानूनी रुपमा विभाजन नभएको तर फुटिसकेको नेकपाको मुद्दा निर्वाचन आयोगलाई पेचिलो बन्दै गएको छ ।   

सोमबार नेकपाको एउटा खेमा नेपाल – दाहाल समूहका अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दहाल निर्वाचन आयोगमा पुगेर निर्वाचनको तयारी रोक्न माग गर्नुभयो । उता प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र अन्य दुई आयुक्तले नेपाल र दाहाललाई विगतमा पनि अदालमा मुद्दा विचाराधीन रहेको अवस्थामा आयोगले कामलाई निरन्तरता दिएको स्मरण गराउनु भएको थियो ।

जुन दिन सरकारले प्रक्रिया रोक्न निर्देशन दिन्छ, त्यस दिनबाट रोकिन्छ नत्र कसरी रोक्नु भन्ने प्रश्नमा नेताहरू नेपाल र दाहालले विशिष्ट अवस्थाको बाध्यतालाई  आयोगले बुझ्नुपर्ने सुझाव दिनु भएको थियो । आयोगमा पदाधिकारीहरुले कानूनमा त्यस्तो व्यवस्था नभएको भन्दै अबका दिनमा कानूनी व्यवस्थाका लागि सुझाव समेत दिएका थिए ।

आयोगले निर्वाचनको तयारी, आयोगलाई परेको कठिनाई  लगायतका विषयमा पूर्व प्रमुख आयुक्तहरु भोजराज पोखरेल, सूर्यप्रसाद श्रेष्ठ, नीलकण्ठ उप्रेती र अयोधीप्रसाद यादवसँग पनि छलफल गरेको छ  । यसैगरी पूर्व कानून सचिवहरु राजुमान सिंह मल्ल, कमलशाली घिमिरे, राजीव गौतम, ठोकप्रसाद शिवाकोटीसँग पनि  आयोगले  राय लिएको छ ।

उता एक साताभित्र  आयोगलाई विवरण बुझाउन पत्राचार गरेपछि दुबै पक्ष शक्ति प्रदर्शन सहित बुधबार निर्वाचन आयोग जाने तयारी गरिरहेका छन् ।