१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिननजिकै चारवटा गाडी ठोक्किए, एक जनाको मृत्यु, २२ घाइते



तस्बिर : सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । चितवनको मुग्लिननजिकै चार वटा सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलोमा गएराति चारवटा गाडी ठोक्किएका हुन् । गएराति करिब साढे १२ बजेतिर भएको दुर्घटनापछि केहीबेर सडक अवरुद्ध भएको थियो ।

काठमाडौंबाट प्युठान जाँदा गरेको बा ४ ख ९०८६ नम्बरको बस, ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिवासको लागि जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र बीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएका हुन् ।

दुर्घटनाका घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुर र इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा उपचार भइरहेको छ । अहिले यो सडकखण्ड खुलिसकेको मुग्लिन प्रहरीले जनाएको छ ।