२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस संसदमा अवरोध सिर्जना गरी सत्ता समीकरण भत्काउने चलखेलमा छ: महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाउनुभएको छ ।

आईतवार झापामा दोस्रो बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले मुलुकमा अहिले अस्थिरता रहेको बताउनु भयो । उहाँले राजनीतिक अन्योलको अवस्थामा मुलुक रहेको बताउनु भयो । महासचिव पोखरेलले नेपाली काँग्रेसले संसदमा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको बताउनु भयो । उहाँले आफू सरकारमा पुग्नका लागि काँग्रेस संसदलाई बन्धक बनाउन लागि परेको जिकिर गर्नुभयो । संसदको अवरोध नेपालको विकास र समृद्धिका लागि बाधक भएको बताउनु भयो ।

उाँले भन्नुभयो, ‘आज मुलुकमा जुन प्रकारको अस्थिरता छ । राजनीतिक अन्योल छ । आज जुन प्रकारले संसदलाई नेपाली काँग्रेसले अवरोध सिर्जना गर्ने दुष्प्रयत्न गरिरहेको छ । त्यसका पछाडिको कारण के हो त भन्दा अझ ज्यादा अस्थिरता सिर्जना गर्‍यो भने समीकरण भत्काउन सकिन्छ । र फेरि आफ्नो सहभागितामा गठबन्धनको राजनीति अघि बढाउन सकिन्छ भन्ने खेलमा नेपाली काँग्रेसले संसदलाई बन्धक बनउन खोजिरहेको छ । कुरा स्पष्ट छ । यस प्रकारको परिस्थिति स्वभाविक रुपमा नेपालको विकास र समृद्धिका लागि बाधक भइसक्यो ।’

महासचिव पाखरेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै राजनीतिक स्थायित्व प्रदान गर्ने सामथ्र्य नेकपा एमालेले जुटाउन नसकेको बताउनु भयो । उहाँले मिसन ०८४ मा नेकपा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रुमपा सथापित गर्नुपर्ने बताउनु भयो । अरुको सहारा बिना नेकपा एमालेको नेतृत्वमा स्थिर सरकार बनाउन आवश्यक रहेको बताउनु भयो ।