२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस संसदमा अवरोध सिर्जना गरी सत्ता समीकरण भत्काउने चलखेलमा छ: महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाउनुभएको छ ।

आईतवार झापामा दोस्रो बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले मुलुकमा अहिले अस्थिरता रहेको बताउनु भयो । उहाँले राजनीतिक अन्योलको अवस्थामा मुलुक रहेको बताउनु भयो । महासचिव पोखरेलले नेपाली काँग्रेसले संसदमा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको बताउनु भयो । उहाँले आफू सरकारमा पुग्नका लागि काँग्रेस संसदलाई बन्धक बनाउन लागि परेको जिकिर गर्नुभयो । संसदको अवरोध नेपालको विकास र समृद्धिका लागि बाधक भएको बताउनु भयो ।

उाँले भन्नुभयो, ‘आज मुलुकमा जुन प्रकारको अस्थिरता छ । राजनीतिक अन्योल छ । आज जुन प्रकारले संसदलाई नेपाली काँग्रेसले अवरोध सिर्जना गर्ने दुष्प्रयत्न गरिरहेको छ । त्यसका पछाडिको कारण के हो त भन्दा अझ ज्यादा अस्थिरता सिर्जना गर्‍यो भने समीकरण भत्काउन सकिन्छ । र फेरि आफ्नो सहभागितामा गठबन्धनको राजनीति अघि बढाउन सकिन्छ भन्ने खेलमा नेपाली काँग्रेसले संसदलाई बन्धक बनउन खोजिरहेको छ । कुरा स्पष्ट छ । यस प्रकारको परिस्थिति स्वभाविक रुपमा नेपालको विकास र समृद्धिका लागि बाधक भइसक्यो ।’

महासचिव पाखरेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै राजनीतिक स्थायित्व प्रदान गर्ने सामथ्र्य नेकपा एमालेले जुटाउन नसकेको बताउनु भयो । उहाँले मिसन ०८४ मा नेकपा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रुमपा सथापित गर्नुपर्ने बताउनु भयो । अरुको सहारा बिना नेकपा एमालेको नेतृत्वमा स्थिर सरकार बनाउन आवश्यक रहेको बताउनु भयो ।