२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्मी बैंकद्वारा ११.५ प्रतिशत लाभांश पारित, सञ्चालकमा वित्तीय योजनाकार डा .मनिष थापा निर्वाचित



अ+ अ-

काठमाडौं । लक्ष्मी बैंकको २०औं साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको छ । साधारणसभाले सेयरधनीलाई ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

यससँगै सेयरधनीले बैंकको चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद गरी ११.५ प्रतिशत लाभांश पाउने छन् । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको संस्थापक सेयरधनीका तर्फबाट अर्थविद तथा वित्तीय योजनाकार डा .मनिष थापा संचालक समितिमा चुनिनु भएको छ । यसैगरी सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई पनि सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७५-७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको बैंकले जनाएको छ । 

त्यस्तै, आर्थिक वर्ष २०७६-७७मा १ खर्ब ७६ करोड रुपैयाँ निक्षेप र ८९ अर्ब ८९ करोड रुपैयाँ कर्जा पुर्याएको यस बैंकको वासलातको आकार १ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ । सो आर्थिक वर्षमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्थाअनुरुपनै राम्रो अवस्थामा रहेका बैंकले जनाएको छ ।