२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्ली: अस्पतालमा सात नवजात शिशुको अगलागीमा परी मृत्यु, राष्ट्रपति मुर्मूलगायत भारतीय अधिकारीद्वारा दु:ख व्यक्त



अ+ अ-

नयाँदिल्ली । ’दिल्लीको विवेक विहारस्थित ‘न्यू बर्न ब्यवी केयर’ अस्पतालमा शनिबार राति आगलागी हुँदा कम्तीमा सात बालबालिकाको मृत्यु भएको शनिबार अधिकारीहरूले पुष्टि गरेका छन् । घटनामा परी घाइते भएका अन्य छ शिशुको ‘इस्ट दिल्ली एनआसीयू हस्पिटल”मा उपचार भइरहेको छ ।

राष्ट्रपति द्रौपदी मुर्मूले दिल्लीस्थित उक्त अस्पतालमा आगलागीमा परी सात नवजात शिशुको मृत्युको घटनालाई लिएर दु:ख व्यक्त गर्नुभएको छ । “दिल्लीको विवेक विहारस्थित एक अस्पतालमा आगलागीका कारण धेरै बालबालिकाको मृत्यु भएको खबर हृदयविदारक छ,” राष्ट्रपति मुर्मूले एक्स ९ट्वीटर० मा लेख्नुभएको छ । उहाँले भन्नुभएको छ, “शोकसन्तप्त आमाबाबु र आफन्तहरूलाई यो आघात सहन परमेश्वरले बल दिनुहोस् । यस घटनामा घाइते भएका अन्य बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

यसैगरी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ । केजरीवालले एक्समा लेख्नुभएको छ, “बालबालिकाको अस्पतालमा भएको आगलागीको यो घटना हृदयविदारक छ । यस दुर्घटनामा आफ्ना निर्दोष छोराछोरी गुमाएकाहरूको साथमा हामी सबै उभिएका छौं।”

मुख्यमन्त्री केजरीवालले भन्नुभयो, “सरकार र प्रशासनका अधिकारीहरू घटनास्थलमा नै घाइतेहरूको उपचारमा व्यस्त छन् । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ र यो लापरबाहीका लागि जो कोही पनि जिम्मेवार छ, उसलाई छुट दिइने छैन ।”

दिल्लीका स्वास्थ्यमन्त्री सौरभ भारद्वाजले पनि घटनालाई गम्भीरतापूर्वक लिँदै कडा कदम चाल्ने आश्वासन दिनुभएको छ । उहाँले भन्नुभयो, “मैले स्वास्थ्य सचिवलाई वर्तमान स्थितिको बारेमा अद्यावधिक गर्न भनेको छु । दोषीलाई छुट दिइने छैन । लापरवाही गर्ने वा कुनै पनि गलत कार्यमा संलग्न हुनेलाई कडाभन्दा कडा सजायको हुनेछ ।”

अधिकारीहरूका अनुसार १२ जना बालबालिकालाई घटनास्थलबाट उद्धार गरिएको थियो । तीमध्ये एक जनाको घटनास्थलमा नै मृत्यु भइसकेको थियो ।

आगलागीमा परी छ नवजात शिशुको मृत्यु भएको र अन्य पाँच जनालाई अस्पतालमा भर्ना गरिएको दिल्ली प्रहरीले जनाएको छ ।

केयर सेन्टरका मालिक नवीन किची घटनापछि फरार रहेका छन् । दिल्ली प्रहरीका अनुसार उनीविरुद्ध धारा ३३६ र ३०४ ए अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।