• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

आईपीएल फाइनल: कोलकाता र हैदराबाद पहिलो पटक भिड्दै, कसले मार्ला त बाजि?



एजेन्सी । आईपीएल २०२४ को फाइनल खेलमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दैछन्। चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक)हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

यी दुई टोलीले यस सिजनको क्वालिफायर–१ पनि खेलेका थिए, जसमा कोलकाता ८ विकेटले विजयी भएको थियो । फाइनलमा पहिलो पटक कोलकाता र हैदरावाद भिड्दैछन् । आज कोलकाताले दुई वर्षपछि र हैदराबादले पाँच वर्षपछि फाइनल खेल्दैछ।

केकेआर चौथो पटक आईपीएलको फाइनल खेल्न लागेको हो । जसमा केकेआरले दुई पटक उपाधि जितेको छ । लिग चरणमा कोलकाताले १४ मध्ये ९ खेलमा जित हात पारेको थियो भने ३ खेलमा मात्रै हार बेहोरेको थियो । टोली २० अंकसहित नम्बर १ बनेर प्लेअफमा पुग्न सफल भयो । यससँगै पहिलो क्वालिफायरमा कोलकाताले हैदरावादलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

हैदरावादले डेभिड वार्नरको कप्तानीमा २०१६ मा आइपिएलको उपाधि जितेको थियो। गत सिजन हैदरावाद १० नम्बरमा थियो । तर यो सिजन उत्कृष्ट पुनरागमन गर्दै उपाधि जित्ने नजिक पुगेको हो। यो सिजन हैदरावादले ८ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ । एक खेल वर्षाका कारण रद्द भएको थियो । हैदरावाद १७ अंकसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।

हेड टु हेडमा केकेआर अगाडि

केकेआर हेड टु हेडमा हैदराबाद भन्दा अगाडि रहेको छ । अहिलेसम्म दुई टोलीबीच हालसम्म २७ खेल भएका छन् । जसमध्ये केकेआरले १८ खेल जितेको छ भने हैदराबादले ९ खेल जितेको छ ।

यस सिजनमा दुई टोलीबीच दुई खेल भएका थिए जसमा दुवै खेल कोलकाताले जितेको थियो । लिग चरणमा केकेआरले इडेन गार्डेनमा मात्र ४ रनको अन्तरले जितेको थियो । यस्तै, दोस्रो क्वालिफायर–१ मा कोलकाता ८ विकेटले विजयी भएको थियो ।

कोलकाता नाइट राइडर्सको सम्भावित प्लेईङ​ ११:

श्रेयस अय्यर (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकीपर), रिंकु सिंह, रमनदीप सिंह, भेंकटेश अय्यर, सुनील नारायण, आन्द्रे रसेल, हर्षित राणा, वैभव अरोरा, मिचेल स्टार्क र वरुण चक्रवर्ती।

इम्प्याक्ट प्लेयर: अङ्क्रिश रघुवंशी

सनराइजर्स हैदरावादको सम्भावित प्लेईङ​ ११:

प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, राहुल त्रिपाठी, हेनरिक क्लासेन (विकेटकिपर), अब्दुल समद, एडेन मार्कराम, अभिषेक शर्मा, नितिश रेड्डी, भुवनेश्वर कुमार, टी नटराजन र मयंक मार्कंडे।

इम्प्याक्ट प्लेयर: शाहबाज अहमद