• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल ★   सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति ★   संसद सचिवालयका कर्मचारीको मागबारे बैठक सकारात्मक, माग सम्बोधन नभए आन्दोलन जारी रहने चेतावनी ★   कोशी प्रदेशमा चट्याङबाट एक दशकमा दुई सय ५४ को मृत्यु ★   ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’ ★   भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु ★   सङ्खुवासभा बाढीपहिरो: १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता ★   नेकपा (एस) भित्र विचारमा कुनै मतभेद छैन: माधवकुमार नेपाल ★   धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो

सिक्किमका कवि सिमियोनले जिते ‘द पोएट आइडल’ सिजन २ को उपाधि



काठमाडौं । ‘द पोएट आइडल सिजन २’को उपाधि सिक्किमका कवि सिमियोन सुकिता राईले जितेका छन् । शनिबार राती भएको फिनाले एपिसोडमा उनले उपाधिसहित नगद १० लाख पुरस्कार जितेका हुन्।

यससँगै सिमियोनले एभरेस्ट फिल्म कलेजबाट १ वर्षको स्नातक अध्ययनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट १ लाखको गिफ्ट भौचर प्राप्त गरे ।

फिनाले एपिसोडमा अभिनेता सुनिल थापा र फिल्म ‘पुजार सार्की’को कलाकार तथा निर्देशक अतिथिको रुपमा सहभागि थिए । अभिनेता प्रदीप खड्काले कविता वाचन गरेका थिए ।

अमनप्रताप अधिकारीले निर्देशन गरेका ‘पोएट आइडल’को दोस्रो सिजनमा उपेन्द्र सुब्बा, विप्लव प्रतीक, अनुप बराल र केकी अधिकारी निर्णायक थिए । दिब्यदेव होस्टको रुपमा थिए ।

पहिलो सिजनको उपाधि सिक्किमकी निलम गुरुङले जितेकी थिइन् ।