२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको अवरोधकै बीच नीति तथा कार्यक्रम पारित गर्ने तयारी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको अवरोधकै बीच प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।

संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार अवरोध गर्दै आएको छ । तर मंगलबार बजेट ल्याउनुपर्ने बाध्यताका कारण सरकारले आज जबरजस्ती संसद् चलाउने तयारी गरेको छ । आजको बैठकमा नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याउने बाटो खुला गर्ने तयारी सरकारको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

त्यस्तै सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची छ ।
प्रधानमन्त्री दाहालले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । सभामुखले प्राप्त संशोधनहरू र सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने बताएको छ ।

प्रतिनिधिसभाका बैठकका आजको सम्भावित कार्यसूची–