६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अर्धवार्षिक अवधिमा ९०७ जनालाई नागरिकता वितरण

अर्धवार्षिक अवधिमा ९०७ जनालाई नागरिकता वितरण
अ+ अ-

रुकुम (पूर्व) । जिल्ला प्रशासन कार्यालय (रुकुम–पूर्व)ले छ महिनाको अवधिमा ९०७ जनालाई नयाँ नागरिकता वितरण गरेको छ । कार्यालयले यस आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ४६५ महिला र ४४२ पुरुषलाई नयाँ नागरिकता वितरण गरेको हो । गएको आर्थिक वर्षमा भने एक वर्षको अवधिमा एक हजार ७३ लाई नागरिकता वितरण गरिएको थियो । यस आवको गत साउनदेखि पुस २८ गतेसम्म भने नागरिकता लिने व्यक्तिको सङ्ख्या ९०७ पुगेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो ।

कार्यालयको अर्धवार्षिक कार्यप्रगति  प्रतिवेदन प्रस्तुत गर्दै उहाँले यस्तो जानकारी दिनुभएको हो । यस्तै ३१३ लाई प्रतिलिपि नागरिकता वितरण गरिएको छ भने तीन हजार ३८६ पुरानो डाटा इन्ट्री गरिएको प्रतिवेदन प्रजिअ राईले प्रस्तुत गर्नुभएको छ । यस्तै राष्ट्रिय परिचयपत्र वितरणको लागि ९४४ जनाको विवरण दर्ता गरिएको छ । जसमा ६३२ महिला र ३१२ पुरुष छन् । अर्धवार्षिक अवधिमा प्रशासन कार्यालयबाट ३१३ ले राहधानीका लागि सिफारिस लिएका छन् । जसमा १३५ महिला र १७८ पुरुष छन् । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार आफ्नो अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुका साथै सुझाव सङ्कलन पनि गरेको छ ।

प्रशासन कार्यालयले कार्यालयबाट हुने नियमित कामकाजका साथै अन्य नमूनायोग्य काम पनि गर्दै आएको छ । जिल्लाको शान्ति सुरक्षा, स्थानीय प्रशासन सञ्चालन, नागरिकता वितरण, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रण, उजुरी छानबिनदेखि लिएर भ्रष्टाचार नियन्त्रण, विकासे कार्यमा सहयोग गर्नुका साथै निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचनसम्बन्धी काम गर्दै आएको छ ।

नियमित हुने यी कामकाजसँगै प्रशासन कार्यालयले ‘हरेक दिन नयाँ काम’ अभियान थालनी गरी प्रत्येक दिन एउटा नयाँ काम गर्दै आएको छ भने त्यसको जानकारी प्रत्येक महिनाको अन्त्यमा जानकारी गराइँदै आएको प्रशासनले जनाएको छ ।