२० भाद्र २०८३, शनिबार
,
Latest
भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्दिक आईपीएलसँगै श्रीमतीको जीवनबाट पनि बाहिरिएका हुन् ?



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टीमका स्टार क्रिकेटर हार्दिक पाण्डेयको टीम मुम्बई इन्डियन्स आईपीएल २०२४ बाट बाहिरिसकेको छ । धेरैपटक फाइनल जित्ने टिमको हिस्सा रहेका पाण्डेयको टीम यसपटक भने क्वालिफायरभन्दा अगाडि नै बाहिरिएको हो ।

खेलसँगै हार्दिक आफ्नो व्यक्तिगत जीवनका कारणले पनि चर्चामा आएका छन् । यतिबेला उनले आफ्नी पत्नी नताशा स्टान्कोभिकसँग सम्बन्धविच्छेद गर्न लागेका कुरा भारतिय मिडियामा टन्नै भेटिन्छन् । यद्यपी यस सम्बन्धमा आधिकारिक जानकारी भने आएको छैन ।

पाण्ड्या र नताशा सामाजिक सञ्जालमा निकै सक्रिय छन् । तर, फेब्रुअरीदेखि यी दुवै सामाजिक सञ्जालमा सँगै देखिएका छैनन् । आईपीएल २०२४ मा पाण्ड्या नराम्ररी ट्रोल भएका थिए । मुम्बई इन्डियन्सको कप्तानीका कारण उनको आलोचना भएको थियो र अब उनी आफ्नो व्यक्तिगत जीवनका कारण समस्यामा पर्ने बताईएको छ ।

हालै हार्दिककी श्रीमतीले इन्स्टाग्रामबाट पतिको नाम हटाएकी छन् । जसले गर्दा सामाजिक सञ्जालमा मानिसहरू उनीहरूको सम्बन्धमा दरार आएको अड्कलबाजी गरिरहेका छन् ।

गत मार्च ४ गतेका दिन नताशाको जन्मदिनमा हार्दिकले कुनै पोष्ट नगर्दा पनि सबैले सम्बन्धमा दरार आएको अनुमान लगाइरहेका थिए । नताशाले नाम हटाए पनि पतिसँगका तस्वीरहरू भने हटाएकी छैनन् ।

हार्दिकले २०२० मा नताशासँग विवाह गरेका थिए ।