६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

लमजुङमा आठ उद्यान निर्माण हुँदै

लमजुङमा आठ उद्यान निर्माण हुँदै
अ+ अ-

लमजुङ । निर्धारित समय काम सक्ने लक्ष्यका साथ अघि बढेको डिभिजन वन कार्यालयले जिल्लामा आठ उद्यान निर्माणको काम शुरुआत गरेको छ । प्रदेश सरकार उद्योग वन तथा वातावरण मन्त्रालयअन्तर्गत लमजुङमा आठ उद्यान निर्माणको काम थालेको हो । चालु आर्थिक वर्षको बजेटबाट डिभिजन वन कार्यालयले उद्यान निर्माण कार्यक्रम शुरु गरेको छ भने कतिपयले निर्माण सम्पन्न गरी भुक्तानीसमेत लिइसकेको डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार मस्र्याङ्दी गाउँपालिकामा निर्माण भएको डा हर्क गुरुङ उद्यान र दूधपोखरीस्थित इमलपोखरी हरित उद्यानको निर्माण सम्पन्न भएको छ । यी दुवै उद्यानको बजेट रु पाँचरपाँच लाख थियो । त्यस्तै रु १० लाख बजेट रहेको राइनास नगरपालिका–३ हरित बाल उद्यान, रु पाँचरपाँच लाख बजेट रहेका बेँसीशहर–११ को मदन–आश्रित स्मृति उद्यान र दोर्दी–४ को दाम्राङ हरित उद्यान निर्माणको प्रक्रिया अघि बढेको कार्यालयले जनाएको छ ।

त्यस्तै विद्यालयतर्फ तीन विद्यालयमा पनि बाल उद्यान निर्माणको काम अघि बढाइएको छ । जसमा रु १० लाख बजेट रहेको राइनास नगरपालिका–४ स्थित सौभाग्योदय माध्यमिक विद्यालयमा हरित बाल उद्यान, रु पाँच लाखमा मस्र्याङ्दी गाउँपालिका–३ स्थित अमर माध्यमिक खुदी र रु छ लाख ९० हजारमा दूधपोखरी–२ स्थित बागेश्वरी माध्यमिकमा हरित उद्यान निर्माण अघि बढेको छ । बागेश्वरी माविमा हरित उद्यानबाहेक अन्य उद्यानको निर्माणकार्य अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो, “वन कार्यालयका आठ उद्यानसहित चालू वर्षमा उद्यान कार्यक्रमअन्तर्गत १५ वटा कार्यक्रम रहेका छन् ।

कूल रु ९५ लाख चार हजार बजेट रहेकामा अन्य कार्यक्रममा सामुदायिक वनमा वृक्षरोपण, वर पिपलको चौतारा संरक्षण, कृषि वन प्रवद्र्धन, अनुत्पादक तथा हैसियत बिग्रिएका वन क्षेत्रमा फलफूल प्रजातिका वृक्षरोपण, शहरी सडक किनारमा वृक्षरोपण तथा हरित प्रवद्र्धन, सामुदायिक वनमा हरित उद्यान र पुरानकोट पर्यटन विकासलगायत कार्यक्रम रहेकामा अधिकांश कार्यक्रम अघि बढिसकेको डिभिजन वन कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो ।