२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको गतिरोध अन्त्यका लागि कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गर्छौं: महेश बर्तौला



अ+ अ-

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका प्रतिनिधि सम्मिलत कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गरिने कार्यदलका सदस्य महेश बर्तौलाले बताउनुभएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना भएको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गरेपछि छानबिन समिति गठन गर्न एक साताअघि समझदारी भए पनि समितिको कार्यदेशबारे टुङ्गो नलाग्दा गतिरोध कायम छ । आज हुने कार्यदलको बैठकमा सहमतिका निम्ति हदैसम्म लचिलो हुने नीति सरकारले लिएको बर्तौलाले बताउनुभयो ।

प्रमुख दलका शीर्षनेताहरुबीच संसद्को गतिरोध हटाउने विषयमा शुक्रबार भएको छलफल सकारात्मक दिशामा उन्मुख भएपछि कार्यदलमा पनि सहमति हुने सङ्केत मिलेको हो । कार्यदलका सदस्य बर्तौलाले आज दिनभर आफूहरु औपचारिक एवं अनौपचारिक छलफलमा जुट्ने र सहमतिका निम्ति भगीरथ प्रयास गर्ने बताउनुभयो ।

प्रमुख सचेतक बर्तौलाले सहकारीको रकम अनियमिततामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने विगतमा जोडिएको सन्दर्भमा उहाँको नाम उल्लेख नगरी उहाँ जोडिएका सहकारीका नाम उल्लेख गरेर छानबिनको कार्यादेश निर्धारण गर्न प्रमुख प्रतिपक्षी दल लचिलो भएको जनाउनुभयो ।