२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सुशासन केन्द्रको निर्देशकमा पोखरेल



अ+ अ-

वाग्मती । वाग्मती प्रदेश सरकारले प्रदेश सुशासन केन्द्रको निर्देशकमा दोलखाका विमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले चार वर्षे कार्यकालका लागि पोखरेललाई निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो । यसैगरी सोही मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालयमार्फत मदन भण्डारी फाउण्डेशनलाई रु ५० लाख दिने निर्णयसमेत गरेको छ ।

विविध सामाजिक काममा खर्च गर्ने गरी फाउण्डेशनलाई रकम दिने निर्णय गरेको हो ।

यस्तै सङ्घीय समपूरक तथा विषेश अनुदानतर्फका आयोजना र कार्यक्रमहरु प्रस्ताव गर्ने, वैकल्पिक ऊर्जा प्रणाली अनुदान परिचालन, दोलखाको जिलुको एकीकृत बस्तीका लागि रु दुई करोड ४० लाख दिने, प्रदेशका स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउनेलगायतका निर्णय गरेको मन्त्री ढुङ्गेलले जानकारी दिनुभयो ।