• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा

समाचारमा आएको विषयले न्यायाधीशले फैसला गर्न डराउनु हुँदैन: न्यायाधीश फुँयाल



काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले अदालत रिपोर्टिङलाई विशेष रिपोर्टिङका रुपमा स्थापित गराउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आयोजनामा भएको अदालती रिपोर्टिङ र सञ्चारमाध्यम विषयक कार्यशालामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राजनीतिक रिपोर्टिङबाट अदालती रिपोर्टिङलाई निकालेर छुट्टै प्रोफेसनल वा स्पेसलिष्ट रिपोर्टिङ बनाउन बाँकी रहेको बताउनु भयो । न्यायाधीश फुँयालले ‘हाई प्रोफाइल केस’मा मिडिया ट्रायल हुने गरेको बताउनु भयो । उहाँले अदालती रिपोर्टिङमा केही चुनौतिहरु अझै रहेको बताउनु भयो । उहाँले अहिलेको अदालती रिपोर्टिङ राजनीतिक रिपोर्टिङसँग जोडेर लिने गरिएको उल्लेख गर्नुभयो । न्यायाधीश फुँयालले कतिपय न्यायाधीशहरु पनि मिडिया ट्रायलको प्रभावमा पर्ने गरेको भन्दै मिडिया ट्रायल प्रभावमा न्यायाधीशहरु बहकिनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको लिगल रिपोर्टिङका केही चुनौतिहरु छन् । अहिलेको लिगल रिपोर्टिङ भनेको मुख्यतया राजनीतिक रिपोर्टिङसँग गाँसिएर आउँछ । हामी सेप्रेसन अफ पावरको कुरा गर्दछौँ, सेप्रेसन अफ लिगल रिपोर्टिङ स्टिल एण्ड एचटुबी एचिभ । मेन स्ट्रिम पोलिटिकल न्युजहरुबाट लिगल रिपोर्टिङलाई छुट्याएर छुट्टै प्रोफेसनल वा स्पेसलिष्ट रिपोर्टिङ बनाउन वास्तवमा अझै बाँकी छ ।

अहिले रिपोर्टिङ कस्तो छ भन्दा हाइ प्रोफाइल केसेसहरुको रिपोर्टिङ गर्दा त्यसपछि कहिले काहीँ अब हामी त्यसलाई यन अदर ल्याङ्ग्वेज पत्रकारहरुले त भन्नुहुन्न, स्क्यान्डलाइज गर्ने भनेर पनि भनिन्छ । अर्को भाषामा भन्दा मिडिया ट्रायल गर्ने । हाइ प्रोफाइल केसेसहरु । अहिलेकै केही हाइ प्रोफाइल केसेसहरु हामीले उदाहरणका रुपमा लिनसक्छाँै । कतिपय जजहरुलाई एकदम त्यसको सिन्ड्रोम बसिसकेको हुन्छ । कतिपय कोर्ट अफिसर्स र जजहरुलाई त्यसको प्रभाव परिरहेको हुन्छ । मिडियाले के भन्ला, कसो भन्ला, भन्ने सिन्ड्रोम तयार भइसकेको हुन्छ, हामी त्यो चरणमा छाँै । अहिले पछिल्लो चरणमा क्रमश: पोजिटिभ रिपोर्टिङ हुँदै गएको छ ।’

न्यायाधीश फुँयालले अन्य देशमा लिगल रिपोर्टिङको अवस्थाका बारेमा पनि छलफल गर्न जरुरी रहेको बताउनु भयो ।