६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

समाचारमा आएको विषयले न्यायाधीशले फैसला गर्न डराउनु हुँदैन: न्यायाधीश फुँयाल

समाचारमा आएको विषयले न्यायाधीशले फैसला गर्न डराउनु हुँदैन: न्यायाधीश फुँयाल
अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले अदालत रिपोर्टिङलाई विशेष रिपोर्टिङका रुपमा स्थापित गराउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आयोजनामा भएको अदालती रिपोर्टिङ र सञ्चारमाध्यम विषयक कार्यशालामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राजनीतिक रिपोर्टिङबाट अदालती रिपोर्टिङलाई निकालेर छुट्टै प्रोफेसनल वा स्पेसलिष्ट रिपोर्टिङ बनाउन बाँकी रहेको बताउनु भयो । न्यायाधीश फुँयालले ‘हाई प्रोफाइल केस’मा मिडिया ट्रायल हुने गरेको बताउनु भयो । उहाँले अदालती रिपोर्टिङमा केही चुनौतिहरु अझै रहेको बताउनु भयो । उहाँले अहिलेको अदालती रिपोर्टिङ राजनीतिक रिपोर्टिङसँग जोडेर लिने गरिएको उल्लेख गर्नुभयो । न्यायाधीश फुँयालले कतिपय न्यायाधीशहरु पनि मिडिया ट्रायलको प्रभावमा पर्ने गरेको भन्दै मिडिया ट्रायल प्रभावमा न्यायाधीशहरु बहकिनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको लिगल रिपोर्टिङका केही चुनौतिहरु छन् । अहिलेको लिगल रिपोर्टिङ भनेको मुख्यतया राजनीतिक रिपोर्टिङसँग गाँसिएर आउँछ । हामी सेप्रेसन अफ पावरको कुरा गर्दछौँ, सेप्रेसन अफ लिगल रिपोर्टिङ स्टिल एण्ड एचटुबी एचिभ । मेन स्ट्रिम पोलिटिकल न्युजहरुबाट लिगल रिपोर्टिङलाई छुट्याएर छुट्टै प्रोफेसनल वा स्पेसलिष्ट रिपोर्टिङ बनाउन वास्तवमा अझै बाँकी छ ।

अहिले रिपोर्टिङ कस्तो छ भन्दा हाइ प्रोफाइल केसेसहरुको रिपोर्टिङ गर्दा त्यसपछि कहिले काहीँ अब हामी त्यसलाई यन अदर ल्याङ्ग्वेज पत्रकारहरुले त भन्नुहुन्न, स्क्यान्डलाइज गर्ने भनेर पनि भनिन्छ । अर्को भाषामा भन्दा मिडिया ट्रायल गर्ने । हाइ प्रोफाइल केसेसहरु । अहिलेकै केही हाइ प्रोफाइल केसेसहरु हामीले उदाहरणका रुपमा लिनसक्छाँै । कतिपय जजहरुलाई एकदम त्यसको सिन्ड्रोम बसिसकेको हुन्छ । कतिपय कोर्ट अफिसर्स र जजहरुलाई त्यसको प्रभाव परिरहेको हुन्छ । मिडियाले के भन्ला, कसो भन्ला, भन्ने सिन्ड्रोम तयार भइसकेको हुन्छ, हामी त्यो चरणमा छाँै । अहिले पछिल्लो चरणमा क्रमश: पोजिटिभ रिपोर्टिङ हुँदै गएको छ ।’

न्यायाधीश फुँयालले अन्य देशमा लिगल रिपोर्टिङको अवस्थाका बारेमा पनि छलफल गर्न जरुरी रहेको बताउनु भयो ।