२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी राष्ट्रिय पुरस्कारको आवेदन आह्वान



अ+ अ-

काठमाडौं । मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८० का लागि आवेदन आह्वान गरेको छ ।

फाउन्डेसनले २०६८ सालदेखि हरेक वर्ष जननेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दैै आएको छ ।

जनताको बहुदलीय जनवादले मार्गदर्शन गरेअनुरुप सामाजिक न्याय, समविकास, पर्यावरण संरक्षण, आर्थिक समृद्धि, विभेदरहीत समाज निर्माणका क्षेत्रमा अध्ययन, अनुसन्धान र नविन प्रयोग गरी समाजमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका व्यक्तित्वको पहिचान, सम्मान र प्रोत्साहन गर्न यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

हालसम्म विभिन्न १० विधामा यो पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कारका लागि नेपालमा दर्ता भएर कम्तिमा विगत पाँच वर्षदेखि सञ्चालनमा रही, राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने अभिप्राय र पछाडि परेका क्षेत्र र समुदायमा बेरोजगारी दर घटाउन मद्दत पुग्ने गरी विशेष समुदाय वा क्षेत्रका, कम्तिमा ५० जना नेपाली नागरिकहरुलाई प्राथमिकता दिएर व्यवसाय सञ्चालन गरी वार्षिक कम्तिमा ५० करोड बराबरको वार्षिक कारोबार गरी नेपाल सरकारलाई तिर्नुपर्ने करका दायित्वहरु पूरा गरेको उद्यमी तथा व्यक्ति एवम् महिलाको नाममा दर्ता भएका विशेषत: महिला स्वयम्ले सञ्चाचलन गरेका उद्योगलाई विशेष प्राथमिकता दिइने भएको छ ।

यसैगरी राष्ट्रियस्तरमा प्रभावकारी रुपमा रोजगारी सिर्जना गर्दै र राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पुर्‍याउँदै, दिगो आर्थिक विकासका विभिन्न आयामहरुमा क्रियाशील उद्यमी वा विशेष भूमिका खेवलेका व्यक्तिको पहिचान गरी पुरस्कृत गर्ने कार्यक्रम रहेको फाउन्डेसनले जनाएको छ ।

पुरस्कारको राशी एक लाख रुपैयाँ र प्रमाणपत्र छ । पुरस्कार जननेता मदन भण्डारीको जन्मजयन्ती अर्थात् असार १४ गते एक कार्यक्रमाबीच हस्तान्तरण गरिने छ ।

पुरस्कारको मापदण्ड र आवेदन फाराम फाउन्डेसनको वेबसाइटमा उपलब्ध गराइएको छ । फाउन्डेसनले मापदण्डका आधारमा पुरस्कारका लागि उपयुक्त व्यक्ति वा संस्था आफैंले वा तोकिएको मितिसम्ममा सिफारिस गर्ने संस्थाले आवेदन फाराम भरी उपयुुक्त व्यक्ति वा संस्थाको सिफारिस गरिदिन आह्वान गरेको छ ।