• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश



पोखरा । तनहुँको व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गर्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत पोखराका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले उक्त आदेश गरेको हो ।

इजलासले असार २ गते १० बजे मत गणना सुरु गर्न खर्च व्यवस्थापन र समन्वयका लागि निर्वाचन आयोगलाई लेखी पठाउन आदेश समेत गरेको छ ।

२०७९ बैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुन: मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दर्ता गराएका थिए । बुधबार अदालतले निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको भनि फैसला गरेको थियो ।

निर्वाचनमा कांग्रेसका बैकुण्ठनाथ न्यौपाने दुई सय ५२ मतान्तरले विजयी भएका थिए । न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए ।