१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेभियामाथी एट्लेटिको म्याड्रिडको जित



अ+ अ-

म्याड्रिड । एट्लेटिको म्याड्रिडले मंगलबार सेभियालाई २–० ले हराउँदै स्पेनी ला लिगाको शीर्ष स्थानमा आफ्नो पकडलाई अझ बलियो बनाएको छ । डिएगो सिमोनीको टिमका लागि एन्जेल कोरेआले पहिलो गोल गरे । यस्तै दोस्रो गोल सउल निगुएजको नाममा रह्यो ।

सेभियाका लागि भने सबै खाले प्रतियोगिताका १० खेलमा यो पहिलो हार हो र टिम छैटौं स्थानमा छ । एट्लेटिकोको भने १६ खेलबाट ४१ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाछि चार अंकको अग्रता हो ।

त्यसमाथि एट्लेटिकोले रियलको तुलनामा दुई खेल कम खेलेको छ । मंगलबारकै अर्को खेलमा ग्रेनेडाले ओसासुनालाई २–० ले हरायो । ग्रेनेडा २७ अंकमा सातौं स्थानमा छ ।