२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाश सिरोहियामाथिको आरोप निराधार र त्रुटीपूर्ण छन्: विमलेन्द्र निधी



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने बताउनुभएको छ ।

बिहीवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गृहमन्त्रीको प्रकरणमाथि सरकारले न्यायधीश भएर निर्दोष घोषणा गर्नुले पनि झनै प्रमाणित हुने जिकिर गर्नुभयो । उहाँले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा काँग्रेसले शुक्रवार काठमाडौं केन्द्रित बिरोध प्रदर्शन गर्ने बताउनु भयो ।

उहाँले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको बताउनु भयो । उहाँले अध्यक्ष सिरोहियाको साथमा नेपाली काँग्रेस र सबै नेपालीहरु रहेको भन्दै कैलाश सिरोहियाको पक्राउको बिरुद्धमा काँग्रेस रहेको बताउनु भयो । उहाँले सरकारले अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण रुपमा पक्राउ गरेकाले तत्काल रिहाइ गर्नुपर्ने बताउनु भयो । कैलाश सिरोहियामाथिका आरोप निराधार र त्रुटीपूर्ण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले सरकारले गिरफ्तार गरेको छ । अनावश्यक दु:ख दिएको छ । उहाँलाई जनकपुरमै ल्याइएको छ । उहाँ प्रहरीको नियन्त्रणमा हुनुहुन्छ, उहाँलाई नै भेट्न आएको हुँ । उहाँप्रति ऐक्यवद्धता प्रकट गर्न आएको छु । हामी कैलाश सिरोहियाको साथमा छाँै । कैलाश सिरोहियाको पक्राउको बिरुद्धमा छाँै । यो प्रतिशोधपूर्ण पक्राउको सरकारले रिहाई गर्नुपर्छ । यस्तो त होइन, दुई वटा नागरिकता केसमा बदर नै भइसकेको छ । अहिले गृहमन्त्री जो हुनुहुन्छ, उहाँलाई बदर गरियो । कैलाश सिरोहियालाई अनावश्यक रुपमा गिरफ्तारी गरिएको छ । उहाँमाथि जुन आरोप छ, त्यो आरोप निराधार र त्रुटीपूर्ण छन् । कानूनी र व्यवस्थापकीय कारणले फरक फरक देखिएको छ । कीर्ते होइन । यो सबैको सरोकारको विषय हो । रवि लामिछानेको सहकारी ठगीको आरोपमा छानबिन समिति बनाउन हामीले भनेका छौँ । सरकार आफैँले न्यायधीश भएर निर्दोष घोषणा गर्नुभएको छ । त्यसको बिरुद्धमा शुक्रवार प्रदर्शन गर्दैछौँ । जबसम्म संसदीय छानबिन समिति बन्दैन, तबसम्म संसदको अरु कामहरु अघि बढ्दैन ।’

नेता निधीले सरकार तानाशाही, अधिनायकवादी र राज्य कब्जा गर्नेतिर उन्मुख भइरहेकाले त्यसको बिरुद्ध शान्तिपूर्ण संघर्ष अघि बढाउने चेतावनी दिनुभयो ।