२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगलाई चुनावको तयारी तिब्र बनाउन ओली समूहको सुझाव (पूर्णपाठसहित)



अ+ अ-

काठमाडौ । नेकपा ओली समूहले निर्वाचन आयोगमा पुगेर चुनावको तयारीलाई तिब्र बनाउन सुझाव दिएको छ ।  

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमका बारेमा हालसम्म मौन रहनु भएका नेता सुवास नेम्वाङ्ग सहितको टोलीले बैशाख १७ र २७ गते हुने निर्वाचनको तयारीलाई तिब्रता दिन आयोग समक्ष अनुरोध गरेको हो ।

पार्टीको आधिकारिताका बारेमा आयोगले मागेको थप पत्र सहित आयोग पुगेको नेम्वाङ्ग सहितको टोलीले अध्यक्ष ओली र महासचिव विष्णु पौडेल रहेको पार्टी नै आधिकारिक भएकाले अन्यौलमा नरहन पनि आयोगलाई आग्रह गरेको छ ।

तीन दिनअघि मात्र नेकपा नेपाल–दाहाल समूहका अध्यक्ष माधव कुमार नेपाल र पुष्पकमल दाहालले आयोग पुगेर निर्वाचन प्रक्रिया रोक्न आग्रह गर्नु भएको थियो तर आयोगले कानून अनुसार रोक्न नमिल्ने जानकारी गराएको थियो ।

पार्टीभित्र आधिकारिकताकाे विषय पेचिलाे बन्दै गएकाे समयमा दुवै समूह देशव्यापी कार्यकर्ता प्रशिक्षण र सभा जुलुस गर्न थालेका छन् । सभाहरू र कार्यकर्ता प्रशिक्षणमा दुबै समूहका नेताहरूले एकअर्कामाथि गम्भीर आराेप प्रत्याराेप लगाउने क्रम पनि जारी छ ।

यस्तो छ ओलीले पठाएको पत्र (पूर्णपाठ)