६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विप्रेषण आप्रवाहमा उत्साहजनक वृद्धि, पाँच महिनामा ४ खर्ब १६ अर्ब भित्रियो

विप्रेषण आप्रवाहमा उत्साहजनक वृद्धि, पाँच महिनामा ४ खर्ब १६ अर्ब भित्रियो
अ+ अ-

काठमाडौंः नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको वित्तीय स्थिति बुधबार सार्वजनिक गर्दै यस अवधिमा विप्रेषण आप्रवाह विप्रेषण आप्रवाह चार खर्ब १६ अर्ब ८१ करोड भएको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा झण्डै ११ प्रतिशतले वृद्धि हो ।

बैंकका अनुसार अमेरिकी डलरका आधारमा यो वृद्धि ६.४ प्रतिशत हो अर्थात् करिब ३ अर्ब ५२ करोड डलर विप्रेषण नेपाल भित्रिएको छ ।

यसैगरी, वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.९३ प्रतिशत रहेको तथा आयात ९.६ प्रतिशतले घटेको र निर्यात ५.१ प्रतिशतले बढेको बैंकले जनाएको छ ।

बैंकले भनेको छ, “पाँच महिनाको अवधिमा निर्यात ५० अर्ब ६ करोडको भएको छ । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.६ प्रतिशत र ०.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५५.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, उनी गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ ।”

यस्तै, आयाततर्फ रु.५ खर्ब २५ अर्ब ५० करोड भएको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १.१ प्रतिशत, २४.४ प्रतिशत र २०.८ प्रतिशतले घटेको छ भन्दै बैंकले भनेको छ, “वस्तुगत आधारमा कच्चा सोयाविन तेल, चामल, एम.एस. बिलेट, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।”

निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको, एवं आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको बैंकले जनाएको छ ।

बैंकका अनुसार, देशको शोधनान्तर स्थिति रु.१ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको तथा कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ ।

संघीय सरकारको बैंकिङ्ग कारोवारमा आधारित खर्च रु.३ खर्ब ६ अर्ब ६६ करोड र राजस्व परिचालन रु.३ खर्ब १ अर्ब २३ करोड रहेको बैंकले जनाएको छ ।

विस्तृत मुद्राप्रदाय ७.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २२.५ प्रतिशतले बढेको जनाउँदै बैंकले भनेको छ, “बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.५ प्रतिशत र निजीक्षेत्रमाथिको दावी ७.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २१.६ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १३.१ प्रतिशत छ ।”

बैंकद्वारा सार्वजनिक प्रतिवेदनको पूर्ण पाठ पढ्नुहोस्