१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएचसीए खुला सूर्योदय बास्केटबल भोलिदेखि



अ+ अ-

काठमाडौं । सूर्योदय एजुकेसन फाउन्डेसनको आयोजनामा प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा ब्वाइजमा ३२ र गल्र्समा १६ गरी जम्मा ४८ टिमको सहभागिता रहने आयोजक फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

दुवै समूहमा नगद पुरस्कार राखिएको छ । ब्वाइजमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गल्र्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार जित्ने छन् । 

ब्वाइज/गल्र्स दुवैमा ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्ताको पुरस्कार राशी भने समान रहेको छ । सोको विजेताले जनही २ हजार नगद पुरस्कार पाउने छन् ।

कोभिड– १९ को अवस्थामा विद्यार्थीलाई मानसिक तनावबाट मुक्त गराउन स्वास्थ्य मापडण्ड अपनाएर प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष केसीले बताए । प्रतियोगिता सञ्चालन गर्न मैतीदेवी प्रहरी प्रभाग र वडा कार्यालयको स्वीकृति लिएको सूर्योदयका इसीए को–ओर्डिनेटर राजेन्द्र कपालीले जानकारी गराए । प्रतियोगितामा एसइइ दिएका र दिने तयारीमा रहेका विद्यार्थीले सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा पीएचसीए तथा सह–प्रायोजकमा स्मार्ट विल्डर्स प्रा.लि., मिड प्वाइन्ट एजुकेसन कन्सल्टेन्सी, लास्ट ब्रेक स्नुकर, गृह एजुकेसनल कन्सल्टेन्सी, नेबिको प्रा.लि. लगायत रहेका छन् । लिग कम नकआउट आधारमा तीनदिनसम्म चल्ने प्रतियोगिताका खेलहरु घट्टेकुलोस्थित आयोजकको आफ्नै कोर्टमा हुने छ ।