१ असार २०८३, सोमबार
,
Latest
अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसरी मनाइन्छ थारु समुदायमा ‘माघी’ ?



अ+ अ-

काठमाडौं । ‘माघी’ अर्थात 'माघे सङ्क्रान्ति' थारु समुदायको एक महान पर्व हो ।  थारु समुदायमा यस पर्वको विषेश महत्व रहेको छ । यस पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् ।

यो पर्व विषेश गरी सुदुरपश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारु समुदायमा मनाइन्छ । कैलाली, कञ्चनपुरलगायतका थारु वस्तीमा माघको रमझम पुषको अन्तिम दिनदेखि शुरु हुन्छ । माघका दिनमा थारु समुदायमा महत्वपूर्ण निर्णय गरिन्छ । नयाँ वर्षकोरूपमा मनाउने यो पर्वमा थारु समुदायले सद्भाव तथा आत्मिक प्रतीकको रूपमा समेत लिने गरिन्छ । 

माघ १ गते अर्थात माघको दिन उज्यालो नहुँदै बिहानै प्रसिद्ध तीर्थस्थल, नदी, दह, पोखरीमा नुहाउने गरिन्छ । वर्षभरि नुहाउँदै आए पनि माघमा एक दिन नुहाउनुलाई विशेष मानिन्छ । यस दिन नुहाउनुभन्दा अगाडि पानी भएको स्थान वा नदी किनारमा पैसा राख्ने थारु समुदायको परम्परा रहिआए पनि नुहाउँदा जल किन्नु पर्ने परम्परागत मान्यताका साथ पैसा छोड्ने चलन कायम रही आएको छ । 

माघ नुहाइसकेपछि समुदायका व्यक्तिले नदी किनारबाटै एक आफसमा शुभकामना आदानप्रदानका साथै ‘सेवाढोग’ गर्दछन् । नुहाइ सकेपछि एउटा ढकियामा छुट्टै राखिएको चामल, नून, बेसार जस्ता सामग्री छुने परम्परा छ । त्यसपछि घरको अग्रजबाट सबैभन्दा पहिले ढोग गर्दै आशिष थापिन्छ । पूर्खा, मान्यजन सबैलाई उमेरको वरियता अनुसार सेवाढोग गर्दै माघीको खुशीयाली तथा शुभकामना साटासाट गर्ने गरिन्छ । यसलाई ‘सेवा लग्ना’ पनि भनिन्छ । सेवाढोगको कार्य परिवार हुँदै इष्टमित्र, आफन्त, छरछिमेक, गाउँघरसम्म हुन्छ ।  

पुसको अन्तिम दिन घर(घरमा सुँगुर काट्ने चलन थारु समुदायमा छ जसलाई ‘जिता९मरना’ भनिने गरिन्छ । माघ १ गते आपसी वैमनस्यतालाई त्यागेर खुशीयाली साटासाट गर्ने गरेकाले यसलाई थारु समुदायमा मेलमिलापको दिनको रुपमा पनि हेरिएको छ । परिवार र छरछिमेकमा जस्तोसुकै वैमस्यता रहे पनि त्यसलाई बिर्सेर यो दिन सेवाढोग गर्ने, आशिष लिने र दिने चलन रहेको छ ।यो दिन देवी देवतालाई साक्षी राखेर गुनासो, मनमुटावलाई त्याग्ने गरेकाले पारिवारिक सम्बन्धमा सुधार आउने विश्वास छ । माघ १ गतेको दिन नराम्रो कुरा, कार्य, वादविवाद गर्न नहुने परम्परागत मान्यता रही आएको छ । 

माघ २ गतेलाई पश्चिममा ‘खिच्रहुवा’ पनि भन्ने गरिन्छ । यो दिनबाट घरपरिवार, टोल, गाउँको आर्थिक हरहिसावको कुरादेखि लिएर वार्षिक समीक्षा र योजना बनाउने कार्य हुने गर्दछ । यसलाई ‘खोज्नी बोज्नी’ भनिन्छ । 

यहि दिनबाट एक वर्षको लागि परिवारको घरमुली छान्ने, आर्थिक समृद्धिको लागि वार्षिक योजना बनाउने, भोजविवाह, अंशवन्डा लगायतका कार्यको थालनी गर्ने गरिन्छ । यसका साथै गाउँ टोलका लागि नेतृत्व गर्ने भलमन्सा (बडघर), अघरिया, चिराकी, गाउँ गुरु वा चयन गरिन्छ । यिनीहरुको कार्य अवधि एक वर्षको रहने गर्दछ । 

पछिल्लो समय थारु समुदायको माघ पर्व मनाउने तरिकामा थुप्रै परिवर्तन आए पनि यसको धार्मिक, सामाजिक र साँस्कृतिक महत्व भने उत्तिकै रहेको छ । 
यस पर्वमा आफ्नो चेलीबेटीलाई उपहार दिने चलन पनि रहिआएको छ । यसलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ । माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर ‘निसराउ’ स्वरूप चेलीबेटीलाई उपहार दिइन्छ । 
 




भर्खरै