२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

”माघीमा म किन किन त्यसै भावुक बन्छु”: सांसद सान्ता चौधरी



अ+ अ-

काठमाडौं । संघीय सांसद सान्ता चौधरीले नेपालमा सबैभन्दा धेरै मानिसले मनाउने चाड माघी रहेको बताउनुभएको छ । माघीलाई विभिन्न समुदायले विभिन्न नाममा मनाउने गरेको पनि बताउनुभएको छ ।

त्यस्तै उहाँले ''हामी थारुका लागि माघी अति महत्त्वको चाड हो ।'' पनि भन्नुभएको छ । आज माघ १ गते माघी पर्वको अवसरमा सम्पुर्ण नेपालीहरुमा माघीको शुभकामना दिँदै यस्तो बताउनुभएको हो । उहाँले सामाजितक सञ्जालमा यस्तो लेख्नुभएको छ । 

''आज माघी । नेपालमा सबैभन्दा धेरै मानिसले मनाउने चाड यही होला । विभिन्न समुदायले विभिन्न नाममा यो पर्व मनाउने गरेको छ । हामी थारुका लागि माघी अति महत्त्वको चाड हो ।
माघीको दिनमा कमैया कमलरी खरिदबिक्री हुन्थे तर यस्तो कार्य इतिहास भइसकेको छ । कुनै जमाना मेरो लागि पीडाको पर्व थियोे अहिले खुसीको पर्व भएको छ ।  माघीमा म किन किन त्यसै भावुक बन्छु । माघीको अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै शुभकामना अर्पण गर्दछु ।''