• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   संसद बैठकमै माननीयज्युहरु घ्वाँरघ्वाँर निदाउनुहुन्छ: उपसभामुख राना ★   संसद कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र हो: सभामुख घिमिरे ★   प्रचण्ड र ओलीबीचको वार्तामा रवि पनि थपिए ★   लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ ★   ‘कतिबेला बास उठ्ने हो थाहा छैन’ ★   पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल ★   नाइजेरियामा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते ★   ‘मीरा: स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी गरिने, पहिलो प्रदर्शनी पोखरामा हुँदै ★   टी–२० विश्वकप २०२४ मा कसले कुन अर्वाड पाए ? ★   पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार

कैलाश सिरोहिया पक्राउप्रति नेपाल मिडिया सोसाइटीको बिरोध



काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रक्राउ गरिएकोप्रति नेपाल मिडिया सोसाइटीले बिरोध जनाएको छ ।

बुधवार पत्रकार सम्मेलन गर्दै नेपाल मिडिया सोसाइटीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई सरकारले पक्राउ गरेको भन्दै बिरोध जनाएको हो ।

सिरोहियालाई नागरिकता किर्तेको आरोपमा मंगलवार प्रहरीले पक्राउ गरी धनुषा पुर्‍याएको थियो । सोही विषयमा मिडिया सोसाइटीले पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सिरोहियाको रिहाइ नभएसम्म सोसाइटीले निरन्तर संघर्ष गर्ने बताउनु भयो । उहाँले आफूहरुले बोलेर र लेखेर संघर्ष गर्ने भन्दै मिडियालाई बचाउनका लागि संघर्षमा उत्रेको बताउनु भयो । उहाँले सिरोहियालाई पक्राउ गरेर मिडियालाई तर्साउन खोजिएको बताउनु भयो । अध्यक्ष कँडेलले सरकारले मिडियामाथि अधिनायकवादी तरिका अपनाएको र मिडियाको मुख बन्द गराउने खतरनाक प्रवृत्ति शुरु भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘जहाँ जहाँ तानाशाही प्रकारको शासन व्यवस्था लाद्न चाहन्छन् । चुनाव जितेका हुन् । पार्टी बनाएका हुन् । संविधानमा लोकतान्त्रिक भनिएको होस् । तिनीहरुले गर्ने भनेको यस्तै अधिनायकवादी बाटो, निरंकुशताको बाटो हुँदोरहेछ । त्यसकारण नेपालमा अहिले खतरा के हो भने यो नयाँ खालको अधिनायकवादी तरिका मिडिया ओनरलाई तर्साएर मिडियालाई आफ्नो बशमा राख्छु । वा मिडियाको मुख बन्द गराउँछु भन्ने नयाँ खतरनाक प्रवृत्ति शुरु भएको छ । अर्को हाम्रो माग छ, यो पहिलो र अन्तिम होस् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भन्न चाहन्छु, यो पहिलो र अन्तिम होस् । प्रधानमन्त्री प्रचण्ड र सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको नागरिकतामा पनि कतै कुनै विवरण बदल्नु भएको छ कि ? मलाई शंका छ ।’

‘आजकाल उहाँहरुको नागरिकता हाम्रो जस्तै कागजमा आउँछ । प्रतिलिपि निकालेको बोक्नु भएको छ । प्रतिलिपि निकाल्नुभन्दा पहिला त कैलाश सिरोहियाको जस्तै नेपाली कागजमै थियो होला । नेपाली कागजमा भएको नाम, थर, जिल्ला, उमेर, मितिको बारेमा नेपाल मिडिया सोसाइटीलाई पनि गम्भीर शंका छ । सबै पत्रकार साथीहरुलाई एकचोटी प्रधानमन्त्रीको र पूर्वप्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपालको नागरिकताको विवरण पक्कैपनि फरक पर्‍यो होला कि ? बदलिएको छ कि ? त्यसबारेमा हामीले एकपटक खोजौँ । कैलाश सिरोहियाको रिहाइ नभएसम्म र उहाँमाथिको गिरफ्तारीको विरुद्ध निरन्तर संघर्षरत छौँ । मिडिया संघर्षरत भनेको हामी बोलेर हो । लेखेर हो । हाम्रो बोली र लेखाइ नै सबभन्दा ठुलो बल हो । हामीले बोल्ने र लेख्ने भनेको कैलाश सिरोहियाको माया लागेर नभएर कैलाश सिरोहिया बच्नुपर्छ । अन्य मिडियाजस्तै ऊ पनि बच्दाखेरी मात्रै नागरिकको आवाजलाई जनतासम्म पुर्‍याउन बल मिल्छ । र यसलाई अझ बलियो बनाउनुपर्छ भन्ने हदमा मात्र हामीले यसको बारेमा विरोध गरेका हौँ । संघर्षमा आएका हौँ ।’

अध्यक्ष कँडेलले पूर्वप्रधानमन्त्रीहरुको समेत नागरिकताको प्रतिलिपि लिँदा विवरण फरक परेको हुनसक्ने भन्दै त्यसबारे पनि खोज्नुपर्ने बताउनु भयो ।