२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ

कोरोना कहरमा झन्डै ११ प्रतिशत रेमिट्यान्स वृद्धि

कोरोना कहरमा झन्डै ११ प्रतिशत रेमिट्यान्स वृद्धि
अ अ+ अ-

काठमाडौं । चालु आर्थिक वर्षको गत मंसिरसम्ममा ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण आप्रवाह) भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आव २०७७/७८ को बितेका पाँच महिनाको गत मंसिर मसान्तसम्ममा रेमिट्यान्स भित्रिने क्रम १० दशमलव ९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’को तथ्यांकअनुसार अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव २ प्रतिशतले घटेको थियो ।

यसलाई हाल कायम भएको अमेरिकी डलरमा हिसाब गर्दा विप्रेषण आप्रवाह ६ दशमलव ४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमै असर पुर्याइरहेको समयमा नेपाल भित्रिने रेमिट्यान्स रकममा भने वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा रेमिट्यान्स भित्रिने क्रम बढेको देखिए पनि वैदेशिक रोजगारीमा जानेहरूको संख्यामा भने गिरावट आएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपाली कामदारको संख्या ७७ दशमलव ९ प्रतिशतले घटेको छ ।

अघिल्लो आवको सोही अवधिमा यस्तो संख्या ११ दशमल ८ प्रतिशतले बढेको थियो । यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या पनि यस अवधिमा ६९ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो संख्या ७ दशमलव ६ प्रतिशतले बढेको थियो । कोरोना महामारीका कारण अहिले नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या घटे पनि मुलुकमा वैधानिक प्रणालीबाट रेमिट्यान्स भित्रिने क्रम बढेसँगै रेमिट्यान्सको वृद्धिदर झन् बढेको सम्बन्धित सरोकारवालाको भनाइ छ ।

उनीहरूका अनुसार कोरोना महामारी पछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले रोजगारदाता गन्तव्य मुलुकबाट टिभी, घडी, सुन जस्ता जिन्सी सामान खरिद गरेर ल्याउन छाडेकाले पनि रेमिट्यान्स रकम भित्रिने क्रम बढेको हो । जसका कारण अहिले मुलुकको शोधनान्तर स्थितिमा समेत सुधार आएको छ । चालु आवको बितेका पाँच महिनाको अवधिमा देशको शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति जम्मा २३ अर्ब ३० करोडले मात्र बचतमा रहेको थियो ।यसैगरी समीक्षा अवधिमा खुद ट्रान्सफर ८ दशमलव ५ प्रतिशतले वृद्धि भई ४ खर्ब ५९ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ दशमलव १ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत मंसिरमा वार्षिक बिन्दुगत मूल्यवृद्धि २ दशमलव ९३ प्रतिशत झरेको थियो । गत आवको सोही अवधिमा मूल्यवृद्धि ६ दशमलव ५५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५ दशमलव २३ प्रतिशतमा कायम रहेको देखाएको छ । तर, बजारभाउ त्योभन्दा धेरैले बढेको देखिएको छ । खासगरी दैनिक उपभोग्य वस्तुको भाउ विगत केही महिनायता अस्वाभाविक रूपमा बढेको आम उपभोक्ताकर्मीले बताएका छन् ।

राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने त्यो गतिमा मूल्य वृद्धि नभएको देखिएको हो । राष्ट्र बैंकले निकालेको मूल्यवृद्धिको तथ्यांकले बजार भाउलाई भने गिज्याइरहेको उपभोक्ता अधिकारकर्मीको दाबी छ । राष्ट्र बैंकको मूल्यवृद्धि गणाना गर्ने विधि फरक हुँदा वस्तु तथा सेवाको मूल्य जतिसुकै बढे पनि तथ्यांकले महसुस गर्न नसकेको उनीहरूको बुझाइ छ । यसले अहिले बजारमा अकासिएको मूल्य वृद्धिदर र राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा कुनै तालमेल नै नमिलेको अधिकांश उपभोक्ता अधिकारकर्मीको दाबी छ । राजधानी दैनिक