२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विविधतायुक्त धार्मिक तथा सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकता बलियो हुन्छ: मुख्यमन्त्री गुरुङ



अ+ अ-

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांस्कृतिक पर्व माघे,माघी र मकर सङ्क्रान्तिका अवसरमा सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक शुभकामना सन्देश जारी गरी स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुःख, शान्ति, सुस्वास्थ्य, आपसी सद्भाव, एकता र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो । देश संवैधानिकरूपमा धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं मौलिक सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै बलियो बनाउन महत्वपूर्ण योगदान दिँदै आएको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

“माघे÷माघी÷मकर सङ्क्रान्ति पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाइ सामाजिक न्यायसहितको समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि भावनात्मक एकताका साथ आ–आफ्नो ठाउँमा जुट्न हामी सबैमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु”, मुख्यमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ ।