२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.29

Wind: 1.54

Humidity: 82

Latest
रास्वपाको केन्द्रीय सचिवालय बैठक बिहीबार पुनः बस्ने शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालका आज भाइरल दुई तस्बिर



अ+ अ-

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि सामाजिक सञ्जाल तातिएको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरु दुई समूहमा बाँडिएका छन् ।

राष्ट्रिय सञ्चारमाध्यमहरुले गृहमन्त्री रवि लामिछानले प्रतिशोध र बदनियत राखेर सिरोहियालाई पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् ।

आज प्रकाशित सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् ।

स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध जनाउने विश्वव्यापी प्रचलन हो । नयाँ पत्रिका, नागरिक र कारोबार दैनिक भने यो सामूहिक विरोधमा सामेल छैनन् ।

सामाजिक सञ्जालहरुमा भने सिरोहियाको पक्ष र विपक्षमा मत देखिएको छ । प्रहरीले सिरोहियालाई पक्राउ गरेर प्रेस स्वतन्त्रताको हरण गरेको आरोप लागिरहेका बेला कतिपयले भने नागरिकताको विषयसँग प्रेस स्वतन्त्रता जोड्न नहुने मत राखेका छन् ।

आज यिनै विषयलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरु विभिन्न टिकाटिप्पणीमा लागेका छन् । विभिन्न सञ्चारमाध्यमले ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षक राखेर छापेको एक लाइनको सम्पादकीय र चर्चित कवि अर्जुन पराजुलीले आज लेखेको कवितासमेत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।