• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै



जनकपुर । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले जनकपुर पुर्‍याएको छ । नागरिकतासम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका सिरोहियालाई आज बिहान जनकपुरधाम पुर्‍याइएको हो ।

हिजो अपराह्न कान्तिपुरको कार्यालय थापाथलीबाट पक्राउ परेका सिरोहियालाई स्थलमार्ग हुँदै (धुलिखेल–सिन्धुली) रातिनै धनुषातर्फ लगिएको थियो ।

सिरोहियालाई आजै म्याद थपका लागि धनुषा जिल्ला अदालतमा पेश गर्ने तयारी गरेको छ । म्याद थप गरेर अनुसन्धान गर्नुपर्ने भएकाले आजै उपस्थित गराउन लागिएको हो ।

सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो । उनले विभिन्न कम्पनी दर्ता गर्न छुट्टाछुट्टै नागरिकता नम्बर प्रयोग गरेको आरोप प्रहरीले गरेको छ ।