२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको निधन



अ+ अ-

काठमाडौं । कोरोना संक्रमित पूर्वराज्यमन्त्री एवम् भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको आज निधन भएको छ । पुस १२ गते उनमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

मधुमेहबाटसमेत पीडित यादवको काठमाडौंको ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । बिहीबार बिहान उपचारको क्रममा यादवको निधन भएको हो ।

उनी नेकपा बाँकेको इञ्चार्ज थिए । पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभाका सदस्यसमेत थिए उनी ।