गोरखा । पर्बतमा सहिद हरिदत्त तिवारीको स्मृतिसभामा जान लाग्नु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सबार हेलिकप्टर खराब मौसमका कारण गोरखाको आपपिपलमा अबतरण गरेको छ ।

नेताहरु गोपाल मान श्रेष्ठ र अर्जुनप्रसाद जोशीका साथ पर्वतका लागि काठमाण्डौ बिमानस्थलबाट उडेको हेलिकप्टर खराब मौसमका कारण गोरखामा अबतरण गरेको हो ।











