गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर मौसममा सुधार भएपछि पर्बतका लागि उडेको छ । पर्बत जाने क्रममा खराब मौसमका कारण गोरखाको पालुङटार नगरपालिका –२ स्थित रीप गाउँमाआकस्मिक अवतरण गराईएको थियो ।
तत्कालिन माओवादीबाट मारिएका कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन सभापति देउबा सहित नेताहरु गोपालमान श्रेष्ठ , अर्जुनप्रसाद जोशी पर्बत जाँदै हुनहुन्थो ।










