२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रइसीको निधनपछि को बन्ला इरानको नयाँ राष्ट्रपति ?



अ+ अ-

एजेन्सी । इरानी राष्ट्रपति इब्राहिम रइसी पूर्वी अजरबैजानबाट फर्कदै थिए । त्यसपछि उनको हेलिकप्टर दुर्घटनाग्रस्त भयो, जसमा सवार सबैको मृत्यु भयो ।

उनको मृत्युको खबरले विश्वभर हलचल मच्चाएको छ । सबैको मनमा के चलिरहेको छ, अब को होला रईसको ठाउँमा ? सबैजना इरानको भावी राष्ट्रपतिको नाम जान्न चाहन्छन् ।

इरानका ८५ वर्षीय सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको उत्तराधिकारी मानिने रईसीको आकस्मिक मृत्युले मध्यपूर्वको सबैभन्दा शक्तिशाली पदमध्येको एकको भविष्यलाई पनि असर गर्नेछ ।

इरानी संविधानको धारा १३१ मा राष्ट्रपतिको कार्यकालमा मृत्यु भएमा प्रथम उपराष्ट्रपतिले सर्वोच्च नेताले पुष्टि गरेपछि अस्थायी राष्ट्रपतिको पदभार ग्रहण गर्ने उल्लेख छ ।

५० दिनभित्र निर्वाचन गरिसक्नुपर्छ
यदि इरानी संविधानको कुरा गर्ने हो भने इब्राहिम रइसीको उत्तराधिकारी वर्तमान उपराष्ट्रपति हुनेछन् । हाल मोहम्मद मोख्बर इरानका प्रथम उपराष्ट्रपति छन् । तर राष्ट्रपतिमा उनको नियुक्ति सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको स्वीकृतिमा निर्भर हुनेछ । यसका साथै प्रथम उपराष्ट्रपति, संसदका सभामुख र न्यायपालिकाका प्रमुख सम्मिलित परिषद्ले बढीमा ५० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन गराउनु पर्नेछ ।

मोख्बर पनि सर्वोच्च नेता अली खामेनीसँग नजिक


सेप्टेम्बर १, १९५५ मा जन्मेका मोख्बरलाई रइसी जस्तै, सर्वोच्च नेता अली खामेनीको नजिकको रूपमा हेरिन्छ ।

इब्राहिम रइसी २०२१ मा इरानको राष्ट्रपतिमा निर्वाचित भएपछि मोहम्मद मोख्बर पहिलो उपराष्ट्रपति बने । मोख्बर इरानी अधिकारीहरूको टोलीको हिस्सा थिए जसले गत वर्ष अक्टोबरमा मस्कोको भ्रमण गरेको थियो र रसियाको सेनालाई सतहबाट सतहमा मार हान्ने मिसाइल र ड्रोनहरू आपूर्ति गर्न सहमत भएको थियो ।

टोलीमा इरानको रिभोलुसनरी गार्डका दुई वरिष्ठ अधिकारी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का एक अधिकारी पनि थिए । मोख्बरले इरानका सर्वोच्च नेता खामेनीसँग जोडिएको लगानी कोष सेताडको पनि नेतृत्व गरे । खामेनी आफैंले सन् २००७ मा उनलाई यो जिम्मेवारी सुम्पेका थिए ।

इरानमा सर्वोच्च नेता १९७९ को इस्लामिक क्रान्तिपछि स्थापित एक स्थिति हो, जसलाई शिया इस्लामिक धर्मशास्त्रमा वेलायत–ए फकीह पनि भनिन्छ । सर्वोच्च नेता इरानमा परम शासक हो र देशसँग सम्बन्धित सबै प्रमुख निर्णयहरू लिन जिम्मेवार हुन्छ । यसको मतलब इरानमा सर्वोच्च नेता राज्यको प्रमुख र कमाण्डर इन चीफ हुन् ।