६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बैंकहरुको लाभांशमा ६ प्रतिशत संकुचन, कति दिए यस वर्ष बैंकहरूले लाभांश ? (तालिका सहित)

बैंकहरुको लाभांशमा ६ प्रतिशत संकुचन, कति दिए यस वर्ष बैंकहरूले लाभांश ? (तालिका सहित)
symbolic photo
अ+ अ-

काठमाडौंः कोरोनाभाइरसको महामारीबाट समग्र अर्थतन्त्र नै संकटबाट गुज्रिरहेको अवस्थामा पनि नेपाली बैंकहरुले शेयरधनीहरुलाई १३ प्रतिशतको हाराहारीमा लाभांश वितरण गरेका छन् । तर अघिल्लो वर्षको तुलनामा यो झण्डै ६ प्रतिशतले कमी हो ।

गत आर्थिक वर्ष २०७५।७६ मा १९ प्रतिशतको हाराहारीमा लाभांश वितरण गरेका बैंकहरुले २०७६।७७ को कमाईबाट १३ प्रतिशतको अनुपातमा लाभांश वितरण गरेका हुन् । बैंकहरुले यस पटक बढी बोनस सेयर र थोरै नगद दिएका छन् ।

नेपाल स्टक एक्सचेन्जमा हाल २६ वटा वाणिज्य बैंकहरु सूचीकृत छन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कूल चुक्ता पूँजीको ५ प्रतिशतभन्दा कम खुद वितरणयोग्य मुनाफा भएका बैंक तथा वित्तीय संस्थाको नगद लाभांश वितरणमा रोक लगाएको छ ।

चालु आर्थिक वर्षमा बैंकहरुले औसतमा १३.९६ प्रतिशत लाभांश वितरण गरेकामा औसतमा ११.२२ प्रतिशत बोनस सेयर रहेको छ । नगद लाभांश २.७५ प्रतिशत मात्रै छ । यसमा पनि धेरै बैंकहरुले बोनस सेयरको कर तिर्न मात्रै नगद दिएको पाइएको छ ।

नाफा घटेका कारण पनि बैंकहरुले यस वर्ष कर तिर्न केही नगद बाँडे पनि धेरै नगद लाभांश दिएका छैनन् । तुलनात्मक रुपमा राम्रो नगद र बोनस सेयर दिने एभरेस्ट बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले पनि सेयरधनीलाई ५ प्रतिशतभन्दा बढी नगद लाभांश दिएका छैनन् ।

यस वर्ष बैंकहरुले प्रदान गरेको बोनस स्थिति