८ भाद्र २०८३, सोमबार
,
Latest
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन भजनमार्फत संस्कार र संस्कृति पुस्तान्तरणको अभियान क्रियाशील पत्रकार महिलाको अध्यक्षमा तिवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगित



अ+ अ-

कास्की । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरु आजदेखि स्थगित गरिएको छ ।

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणबाट केही कर्मचारी सङ्क्रमित भएपछि यही माघ १६ गतेसम्मका लागि नियमित सेवाहरु बन्द गरिएको महानगरपालिकाले सूचना जारी गरी जनाएको छ ।

केही कर्मचरी सङ्क्रमित र अन्य कर्मचारीमा कोभिडसँग मिल्दाजुल्दा लक्षण देखा परेकाले थप जोखिम बढ्नसक्ने भएकाले सरसफाइ, स्वास्थ्य तथा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार महानगरका ३३ वडामध्ये अन्य चार वडाको सेवा पनि कोरोना सङ्क्रमणका कारण बन्द गरिएको छ । महानगरका महाशाखा तथा शाखा कार्यालय पनि बन्द हुने बताइएको छ । जिल्लामा पछिल्लो समय सङ्क्रमण बढ्दै जाँदा अधिकांश सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा बन्द गरिएको छ ।