१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन आज कार्यदलको बैठक बस्दै छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलको बैठक बिहान ८ बजेपछि बस्ने तयारी छ ।

कानुनमन्त्री गिरीको संयोजकत्वमा गठित कार्यदमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीच पोखरा र बुटवलको सहकारीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको विषयमा छानबिन गर्ने/नगर्नेमा सहमति भएको छैन । मुख्यगरी यही विषयलाई केन्द्रमा राखेर संसदीय छानबिन समितिको क्षेत्राधिकारमा सहमति खोज्न कार्यदल बनेको हो ।

कार्यदलको आज बस्ने बैठकले समितिको क्षेत्राधिकार टुंगो लगाउने छ । त्यसपछि मात्रै समिति गठन हुने छ ।

सहकारी ठगी छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गर्दै आएको संसद्को अवरोध भने आजदेखि हट्ने भएको छ ।