२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ?



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ६८ औं खेलमा आज रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सको सामना गर्दैछ । खेल बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा बेलुका ७ः४५ बजेदेखि सुरु हुनेछ ।

चिन्नास्वामी रंगशालामा आज साँझ मेघ गर्जनसहित वर्षाको सम्भावना छ । यद्यपि, चिन्नास्वामी भारतका केही स्टेडियमहरू मध्ये एक हो जहाँ ड्रेनेज प्रणाली धेरै राम्रो छ । पानी परेपछि पनि यहाँ खेल सुरु हुन सक्छ ।

आजको खेलमा दुबै टिमलाई प्लेअफमा पुग्ने मौका छ । यदि चेन्नईले ले खेल जित्यो भने उ सजिलै प्ले अफमा पुग्न सक्छ । जहाँ आरसीबीले कम्तिमा १८ रनले जित्नुपर्नेछ । यदि आरसीबीले १७ रन वा कमले जित्यो भने कम नेट रन रेटको आधारमा बाहिरिनेछ ।

हेड टु हेडमा, चेन्नई बैंगलोर भन्दा राम्रो छ । यी दुईबीच अहिलेसम्म ३२ आईपीएल खेल भइसकेका छन् । जसमध्ये ११ खेल बैंगलोर र २१ खेल चेन्नईले जितेको छ । जबकि एक खेलको नतिजा भने अनिर्णित रह्यो ।

त्यसैगरी, चिन्नास्वामी स्टेडियममा दुवै टोली १० पटक भिडेका थिए, जसमा चेन्नईले ५ खेल जितेको छ भने बैंगलोरले ४ खेल जित्दा एक खेल निष्कर्षविहीन रह्यो ।

आरसीबीका ब्याट्सम्यान उत्कृष्ट फर्ममा छन् । स्टार ब्याट्सम्यान विराट कोहली, कप्तान फाफ डु प्लेसिस, दिनेश कार्तिक र रजत पाटीदारले ३०० भन्दा बढी रन बनाएका छन् । कोहलीको नाममा ६६१ रन छन् । अहिले कोहली टोली र लिग दुवैको सर्वाधिक स्कोरर हुन् । तर, टोलीको बलिङ विभागले धेरै निराश बनाएको छ । १० खेलमा ११ विकेट लिएका मोहम्मद सिराज सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

चेन्नईका कप्तान रुतुराज गायकवाड टोलीका सर्वाधिक स्कोरर हुन् । उनले १३ खेलमा ५८३ रन बनाएका छन् । उनी बाहेक अलराउन्डर शिवम दुबे पनि उत्कृष्ट फर्ममा छन् । टिमका सर्वाधिक विकेट लिने बलर तुषार देशपाण्डे (१६ विकेट) छन् ।

आजको खेलमा बैंगलोरका विल ज्याक र रिस टोपले खेल्ने छैनन् । यी दुवै खेलाडी आफ्नो देश इंग्ल्याण्ड फर्किएका छन् ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियमको पिच ब्याट्सम्यानका लागि सहयोगी साबित भएको छ । हालसम्म यहाँ ९४ आईपीएल खेल खेलिएका छन् । पहिले ब्याटिङ गरेको टोलीले ४० खेल जितेको छ भने पछ्याउने टोलीले ५० खेल जितेको छ । यहाँ ४ खेल अनिर्णित रह्यो ।

बैंगलोरमा आज बादल रहनेछ र ७८ प्रतिशत वर्षा हुने सम्भावना छ । यस दिन यहाँको तापक्रम २२ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टोलीको सम्भावित प्लेइङ–११
रोयल च्यालेन्जर्स बैंगलोरः फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, ग्लेन म्याक्सवेल, रजत पाटीदार, महिपाल लोमरर, क्यामरन ग्रीन, दिनेश कार्तिक (विकेटकिपर), कर्ण शर्मा, मोहम्मद सिराज, लोकी फर्गुसन र यश दयाल ।

चेन्नई सुपर किंग्सः रुतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, डेरिल मिचेल, मोइन अली, शिवम दुबे, रवीन्द्र जडेजा, एमएस धोनी, शार्दुल ठाकुर, महिश तिक्षाणा, तुषार देशपांडे र सिमरजीत सिंह ।




भर्खरै