९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को ६६ औँ खेलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुन सकेन । वर्षाका कारण खेल राति अबेरसम्म सुरु हुन सकेन ।

जसका कारण म्याच रेफ्रीले खेल रद्द गरी दुवै टोलीलाई एक–एक अंक दिएका थिए । यस्तो अवस्थामा हैदराबाद प्लेअफ पुग्ने तेस्रो टोली बनेको छ । गुजरात टाइटन्स भने प्लेअफबाट बाहिरिएको छ ।

आफ्नो अन्तिम खेलमा गुजरात जितसँगै बाहिरिने अपेक्षा गरिएको थियो । तर, वर्षाका कारण त्यस्तो हुन सकेन ।

टोलीले निराशाको सामना गरे पनि कप्तान शुभमन गिलको भिडियो भाइरल भइरहेको भइरहेको छ र गुजरात टाइटन्स तथा सनराइजर्स हैदराबादका फ्यानहरूको मन जितेको छ । यस भिडियोमा शुभमन गिल सनराइजर्स हैदरावादका ओपनर अभिषेक शर्माको आमाको खुट्टा छोएको देखिन्छ ।

भिडियोमा गिललाई भारतीय परम्परा अनुसार अभिषेककी आमाको खुट्टा छोएको देख्न सकिन्छ । यसै क्रममा अभिषेककी आमाले गिलको पिठ्युँमा थिचेर आशीर्वाद दिएर आफ्नो माया र स्नेह देखाइन् ।

भिडियोमा गिलले अभिषेककी बहिनीसँग हात मिलाउँछन् । अभिषेक र गिल दुवैले पञ्जाबबाट घरेलु क्रिकेट खेल्छन् । दुवै जना सन् २०१८ को अन्डर–१९ विश्वकपमा भारतीय टोलीको हिस्सा पनि थिए ।

गुजरात टाइटन्सका कप्तान शुभमन गिलले आईपीएल २०२४ को १२ खेलमा ४२६ रन बनाएका छन् । यसमा शतक पनि समावेश छ । योसँगै सनराइजर्स हैदराबादका ओपनिङ ब्याट्सम्यानले १२ खेलमा ४ सय १ रन बनाएका छन् । ट्राभिस हेडसँगै अभिषेक शर्माले टोलीका लागि कीर्तिमानी साझेदारी गरेका छन् ।