काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित गरिएको छ।
बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा सुरु हुन सकेको थिएन । सहज ढङ्गले बैठक सुचारु गर्ने विषयमा दलहरूबिच सहमतिको प्रयास नसकिएका कारण बैठक दिउँसो २ बजे बस्ने गरि बोलाईएको हो ।