• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

काठमाडौंका मेयर बालेनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

कुटपिट र लुटपाटको आरोप लगाउँदै उहाँहरुविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

प्राणमञ्च डटकमका प्रधानसम्पादक पदमप्रसाद पोखरेलले आफूमाथि कुटपिट र लुटपाट भएको भन्दै बालेन र पाण्डेसहित महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा कुटपिट र लुटपाटको मुद्दा दर्ता गराउनुभएको हो ।

काठमाडौं महानगरपालिकाले सुन्धारामा १६ फागुनमा फुटपाथ व्यवसायीमाथि गरेको धरपकडका क्रममा आफूमाथि कुटपिट भएको र क्यामेरालगायत सञ्चार उपकरण फुटाइदिएको भन्दै प्रधान सम्पादक पोखरेलले अदालतमा निवेदन दिनुभएको हो ।
पोखरेलले मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना माग गर्नुभएको छ ।

त्यस्तै लुटपाटतर्फ दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन पनि माग गरिएको छ ।